Skip to content
Shikhar Insurance
National Life

प्रभावकारी परियोजनामार्फत महिला सशक्तिकरणको परिवर्तनलाई प्रोत्साहित गर्दै इनड्राइभ

Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले, महिला सशक्तिकरण, सामाजिक न्याय, र समुदायमा आधारित परिवर्तनलाई प्रोत्साहित गर्दै आएको छ । यो सहकार्यले इनड्राइभको कोर भ्यालू –निष्पक्षता, समानता, र समाजमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउँने कम्पनीले विश्वास लिएको छ ।

समाजमा निहित असमानतासँग लड्न र प्रत्येक व्यक्तिलाई अवसरमा पहुँच दिलाउन प्रारम्भदेखि नै निष्पक्षता, सशक्तिकरण, र वास्तविक कथाहरूको प्रवर्द्धन गर्दै आएको कम्पनीले जनाएको छ ।

यही सिद्धान्तअनुरूप, यस वृत्तचित्रको समर्थनले स्थानीय समुदायका प्रेरणादायी कथाहरूलाई विश्वमाझ पुर्याउँदै, समतामूलक समाज निर्माणको दिशामा योगदान पुर्याउने विश्वास इनड्राइभले लिएको छ ।

समतामूलक पहुँच र न्यायको जगमा निर्माण गरिएको इनड्राइभको यात्रामा, यस्ता सशक्त स्थानीय कथाहरूले अझ प्रेरणा दिनेछन् र समुदायमा वास्तविक परिवर्तन ल्याउनका लागि मार्गदर्शन गर्ने कम्पनीले जनाएको छ ।

चलचित्र मार्फत आवाजहरूलाई सशक्त बनाउने अभियान

कथा–वाचन (स्टोरीटेलिङ) एक शक्तिशाली माध्यम हो, जसले समुदायहरूबिच जागरूकता फैलाउने मात्र होइन, परिवर्तनको वकालत गर्ने प्लेटफर्मसमेत प्रदान गर्ने कम्पनीको विश्वास छ ।

विशेषगरी, नेपालसहितका विभिन्न देशहरुमा, महिलाहरूले विभिन्न सामाजिक र सुरक्षा सम्बन्धी चुनौतीहरूको सामना गरिरहेका छन्, र वास्तविक जीवनका कथाहरूले साहस, संघर्ष, र सफलताको प्रेरणादायी यात्रा उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

कम्पनीले महिला सुरक्षाको क्षेत्रमा मात्र नभई, समुदायको हकहित र अधिकार सुनिश्चित गर्नका लागि पनि सामाजिक अभियानहरूलाई निरन्तरता दिँदै आएको छ ।

नवीनता र प्राविधिक उत्कृष्टताको दिगो समर्थन

इनड्राइभले वृत्तचित्रहरूमा मात्र सीमित नभई रचनात्मकता र प्राविधिक नवीनतालाई प्रोत्साहन गर्ने विभिन्न प्लेटफर्महरूलाई निरन्तर समर्थन गर्दै आएको छ । इनड्राइभद्वारा आयोजित ‘अल्टरनेटिभा फिल्म अवार्ड‘ यसको उदाहरण हो, जहाँ परम्परागत धारणालाई चुनौती दिने र नदेखाईएका कथाहरू उजागर गर्ने स्वतन्त्र फिल्महरूलाई विशेष अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

इनड्राइभले सिर्जनात्मकता मात्र नभई प्राविधिक क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पु‍र्याउँदै आएको छ । यसैको प्रमाणस्वरूप, इनड्राइभले ‘अरोरा टेक अवार्ड‘ मार्फत प्रविधिमा सक्रिय रहेका महिला इनोभेटरहरूलाई सम्मान गर्दै आएको छ ।

इनड्राइभले नेपाली फिल्म निर्माताहरूलाई अन्तर्राष्ट्रिय स्तरको ‘अल्टरनेटिभा फिल्म अवार्ड‘ मा भाग लिन प्रोत्साहन गर्दै आएको छ, जसले उनीहरूको सिर्जनशीलता र कथनशैलीलाई विश्वसामु प्रस्तुत गर्ने अवसर प्रदान गर्छ । साथै, नेपाली महिला उद्यमीहरूलाई ‘अरोरा टेक अवार्ड‘ मा सहभागी भई आफ्नो नवीन सोच र क्षमतालाई प्रवर्द्धन गर्न पनि प्रेरित गर्दै आएको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्