Skip to content
Shikhar Insurance
National Life

पाकिस्तानमा भारतको हवाई हमला, दर्जन बढीको मृत्यु, बदला लिने पाकिस्तानको घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित कस्मिर क्षेत्रमा हवाई हमला गरेको छ । भारतीय हवाई हमलामा परि दर्जन बढीको मृत्यु भएको पाकिस्तानी सेनाले बताएको छ । पाकिस्तानले पनि भारतमाथि जवाफी कारवाही गर्ने घोषणा गरिसकेको छ ।

पाकिस्तान संरक्षित आतंकवादीले पहलगाममा आक्रमण गरि २२ अप्रिलमा २६ जनाको हत्या गरेको थियो । सोही हत्याको बदला स्वरुप भारतले हवाई हमला गरेको बताएको छ ।

भारतले यो अभियानलाई अपरेशन सिन्दुरको नाम दिएको छ । भारतीय बायु सेनाका बिमानहरुले पाकिस्तानको एक सय किलोमिटर भित्र प्रवेश गरि आतंकवादी संगठनहरु लस्कर, जैश र हिजबुल्लाको अड्डाहरुमा बमबारी गरेको बताएको छ । उता, पाकिस्तानी सेनाले जम्बुकस्मिर सिमा क्षेत्रमा गोलााबारी सुरु गरेको छ । पाकिस्तानी सेनाका गोली लागेर ३ जना भारतीयको मृत्यु भएको बताईएको छ ।

पाकिस्तानमा आक्रमण गरेपछि भारतले एयर इण्डिया र इण्डिगो एयरलााइन्सका सम्पूर्ण उडानहरु रद्ध गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्