Skip to content
Shikhar Insurance
National Life

बैंकबाट ऋण लिएर घर बनाउने बढे: ८ महिनामा वाणिज्य बैंकले दिए ३ खर्ब बढी आवासीय कर्जा, कुनले कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा वाणिज्य बैंकहरुले ३ खर्ब २२ अर्ब ५२ करोड २१ लाख रुपैयाँ घर कर्जा दिएका छन् । जुन गत आवको सोही अवधिको तुलनामा ४.३९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकहरुले ३ खर्ब ८ अर्ब ९३ करोड रुपैयाँ घर कर्जा दिएका थिए ।

चालु आर्थिक वर्षको ८ महिनामा सबैभन्दा धेरै घर कर्जा दिनेमा एनआइसी एशिया बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले फागुनमसान्तसम्ममा ५० अर्ब ६६ करोड ५९ लाख रुपैयाँ कर्जा प्रदान गरेको छ । त्यस्तै, सबैभन्दा धेरै घर कर्जा दिने दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ, जस्ले ८ महिनामा ३८ अर्ब ५० करोड ५८ लाख रुपैयाँ घर कर्जा दिएको छ ।

त्यस्तै, घर कर्जामा राष्ट्रिय वाणिज्य बैंकले २७ अर्ब ७९ करोड ६५ लाख रुपैयाँ, नबिल बैंकले २७ अर्ब ३६ करोड ४८ लाख रुपैयाँ, एभरेष्ट बैंकले २२ अर्ब ७७ करोड ५९ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १८ अर्ब २९ करोड ४४ लाख रुपैयाँ, एनएमबि बैंकले १७ अर्ब ४९ लाख रुपैयाँ, प्रभु बैंकको १३ अर्ब ४३ करोड ८० लाख रुपैयाँ घर कर्जा प्रदान गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार समिक्षा अवधिमा सिद्धार्थ बैंकको १३ अर्ब ७२ करोड ३१ लाख, कुमारी बैंकको १२ अर्ब ५५ करोड ५८ लाख, कृषि विकास बैंकको १० अर्ब ९२ करोड ९६ लाख, सिटिजन बैंकको १० अर्ब ५७ करोड ३७ लाख रुपैयाँ, नेपाल बैंकले १० अर्ब ६८ करोड ४० लाख, सानिमा बैंकको ९ अर्ब ८२ करोड रुपैयाँ घर कर्जामा रहेको छ ।

त्यसैगरी, चालु आवको ८ महिनामा स्टान्डर्ड चार्टर्ड बैंकले ८ अर्ब ६१ करोड ६९ लाख, प्राइम कमर्सियल बैंकले ८ अर्ब ५० करोड ७४ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ७ अर्ब ३९ करोड ४३ लाख, माछापुच्छ्रे बैंकले ६ अर्ब ५२ करोड ४७ लाख, हिमालय बैंकले ४ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकले २ अर्ब ३७ करोड रुपैयाँ घर कर्जा दिएको तथ्यांकले देखाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्