Skip to content
Shikhar Insurance
National Life

९ महिनामा १३ खर्ब ९ अर्बको आयात, ६५.१६ प्रतिशतले बढ्यो निर्यात

Hyundai
NCELL
NIMB

काठमाडौं । चालु वर्षको ९ महिनामा १३ खर्ब ९ अर्ब ५३ करोड २८ लाख ३८ हजार रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आयात १२.१८ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख ९ हजार रुपैयाँको आयात भएको थियो ।

नौ महिनामा निर्यात पनि बढेको छ । चालु आवको चैतसम्ममा १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार रुपैयाँ निर्यात भएको छ ।

यो गत आवको सोही अवधिको तुलनामा ६५.१६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा निर्यात १ खर्ब १३ अर्ब ९४ लाख ६० लाख ७ हजार रुपैयाँको भएको थियो ।

समिक्षा अवधिमा व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाख ६८ हजार रुपैयाँ पुगेको छ । गत आव सोही अवधिमा यस्तो घाटा १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख १ हजार रुपैयाँ रहेको थियो ।

चैत महिनासम्ममा कुल विदेशी व्यापार १४ खर्ब ९७ अर्ब ७२ करोड ७९ लाख ८ हजार रुपैयाँ रहेको छ ।

चालु आवको ९ महिनामा सरकारले ३ खर्ब ४३ अर्ब ११ करोड ६१ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । समिक्षा अवधिमा सबैभन्दा धेरै आयात हुने वस्तुहरुमा पेट्रोल, डिजेल, ग्याँस, सोयाविन तेल रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्