काठमाडौं । चालु वर्षको ८ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख ४० हजार रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आयात ११.२० प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा १० खर्ब ३० अर्ब २२ करोड २६ लाख ९९ हजार रुपैयाँको आयात भएको थियो ।
आठ महिनामा निर्यात भने ह्वात्तै बढेको छ । चालु आवको फागुनसम्ममा १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख २ हजार रुपैयाँ निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ५७.२० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यस्तो निर्यात १ खर्ब ६१ करोड ७४ लाख ४५ हजार रुपैयाँको भएको थियो ।
समिक्षा अवधिमा व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख ३८ हजार रुपैयाँ पुगेको छ । गत आव सोही अवधिमा यस्तो घाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख ५५ हजार रुपैयाँ रहेको थियो । फागुन महिनासम्ममा कुल विदेशी व्यापार १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख ४२ हजार रुपैयाँ रहेको छ ।
चालु आवको आठ महिनामा सरकारले ३ खर्ब १ अर्ब ६० करोड ९६ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । समिक्षा अवधिमा सबैभन्दा धेरै आयात हुने वस्तुहरुमा पेट्रोल, डिजेल, ग्याँस, सोयाविन तेल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्