Shikhar Insurance
National Life

सात महिनामा आयात १० खर्ब नजिक पुग्यो, यी हुन् धेरै आयात भएका १० वस्तुहरु

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ८, बिहीबार १४:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु वर्षको ७ महिनामा ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आयात १०.०९ प्रतिशतले बढेको हो ।

पोहोर ७ महिनामा ८ खर्ब ९७ अर्ब ४३ करोड ८९ लाख मूल्य बराबरको वस्तु तथा सेवा आयात भएको थियो । पछिल्ला महिनाहरुमा आयात बढ्दै गएको हो । पुस महिनामा १ खर्ब ६१ अर्ब रुपैयाँको आयात भएको थियो । माघ महिनाम १ खर्ब ६६ अर्बको आयात भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

७ महिनाको आयातबाट सरकारले २ खर्ब ६२ अर्ब ९५ करोड राजस्व संकलन गरेको छ । यो अवधिमा व्यापार घाटा ८ खर्ब ६१ अर्ब ३८ करोड पुगेको छ । निर्यात १ खर्ब ११ अर्ब ५७ करोड पुगेको छ ।

हालसम्म धेरै आयात हुने वस्तुहरुमा डिजेल, पेट्रोल र ग्यास क्रमश पहिलो दोस्रो र तेस्रो स्थानमा परेका छन् । क्रुड सोयाबिन तेल चौथो स्थानमा परेको छ । सोयाबिन तेलको भारतले भन्सार महशुल बढाएपछि नेपाली व्यवसायीहरु उत्साहि भएर निर्यात गरिरहेका छन् ।

यस्तै, धेरै आयात हुनेको पाँचौ नम्बरमा फलामको कच्चा पदार्थ परेको छ । छैटौं नम्बरमा औषधि जन्य सामाग्रीहरु परेका छन् भने सातौं स्थानमा फलाम स्टिल जन्य वस्तु आयात भएका छन् । यसैगरी,धान धेरै आयात हुनेको सूचिमा आठौं नम्बरमा परेको छ । नवौं स्थानमा सनफ्लावर तेल पर्दा १० औं स्थानमा स्मार्ट फोनहरु परेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्