काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र काठमाडौं टेक्निकल स्कुल(KTS)बीच विशेष सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई काठमाडौं टेक्निकल स्कुलका रोजगारमुखी तालिमहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म सहुलियत प्रदान गर्ने भएको छ भने स्कुलका प्रशिक्षार्थिहरुलाई प्रशिक्षण अवधिभरी आईएमई लाइफ इन्स्योरेन्सको दुर्घटनाबीमाको रक्षवरण प्रदान गरिएको छ ।
सो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले आफ्नो मोबाइलमा कम्पनीको मोबाइल एप IME LIFE Mobile app मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अभिकर्ता तथा कर्मचारीहरुले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधा को लाभ लिन सक्नेछन् । स्कुलले प्रदान गर्दै आएको केयरगिभर, कुकरी तथा बेकरी बरिस्ता, हाउसकिपिङ्ग, बारटेन्डिङ लगायतका स्कुलले आयोजना गर्ने तालिम लिन सक्ने स्कुलले जानकारी दिएको छ ।
उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले आफ्नो मोबाइल एप IME LIFE Mobile app मार्फत प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्