Skip to content
Shikhar Insurance
National Life

आईएमई लाइफका बीमितहरुलाई मेडिसिटि हस्पिटलमा १० प्रतिशत छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई मेडिसिटि हस्पिटलमा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । साथै, हस्पिटलको हेल्थ चेकअप प्याकेजमा विषेश सहुलियत दिने कम्पनीले जनाएको छ ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (IME LIFE Mobile app) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् भने अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधाको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

यस किसिमको सहकार्यले एकतर्फ कम्पनीको व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग गर्नुका साथै अर्कातर्फ कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्