Skip to content
Shikhar Insurance
National Life

आईएमई लाइफ इन्स्योरेन्सद्वारा पहिलो एभरेष्ट क्लब बिजेता घिमिरे सम्मानित

Hyundai
NCELL
NIMB

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले पहिलो एभरेष्ट क्लब बिजेता लक्ष्मी घिमिरेलाई सम्मान गरेको छ । कम्पनीले आव २०८१/०८२ का लागि ल्याएको क्लब योजनामध्येको सर्वोच्च क्लब ‘एभरेष्ट क्लब’ मा पुग्न सफल भएकी सिनियर एजेन्सी म्यानेजर घिमिरेलाई सम्मान गरेको हो ।

कम्पनीले आफ्ना अभिकर्ताहरुलाइ प्रेरणा तथा हौसल्ला प्रदान गर्ने उद्देश्यले उक्त सम्मान गरिएको थियो । सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन, विभागीय प्रमुखहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उक्त सम्मान कार्यक्रममा घिमिरेका श्रीमान तथा परिवारका सदस्यहरुलाई समेत उपस्थिति गराइ हौसल्ला प्रदान गरिएको थियो । सो कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले यो सम्मान केवल ‘एभरेष्ट क्लब’ मात्र नभइ जीवन बीमा व्यवसायमा निष्ठा, लक्ष्यप्रति प्रतिबद्धता र कठिन परिश्रमको सम्मान हो ।

कम्पनीले विभिन्न विधामा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्दै आएको छ र यसले सम्पूर्ण अभिकर्ताहरुलाई अझ ऊर्जावान र प्रेरित बनाउनेछ भन्दै आफ्ना भनाइहरु राखे ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE