Skip to content
Shikhar Insurance
National Life

आइएमई क्यापिटलले १ अर्ब २० करोड म्युचुअल फण्डको आइपीओ असार २२ गतेदेखि ल्याउने

Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको समुन्नत योजना-२ म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशन हुने भएको छ ।

यो योजना सुरुमा १ अर्ब २० करोडको हुनेछ । यदि माग वृद्धि भएमा २५% ले वृद्धि गर्दै अधिकतम रू. १ अर्ब ५० करोडसम्म विस्तार गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनहरूमा लगानी गरी सन्तुलित रुपमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने उद्देश्य राख्दछ ।

योजना पूर्ण रूपमा म्युचुअल फण्ड नियमावली २०६७ अनुसार संचालनमा ल्याएको हो ।

यो योजनामा सर्वसाधारणहरुले १२ करोड कित्ताका लागि आवेदन दिन सक्नेछन् । जसमा न्युनतम लगानी  न्यूनतम लगानी १०० कित्ता अर्थात १ हजार रुपैयाँबाट सुरु हुनेछ । यो योजनामा अधिकतम लगानी योजनाको १० प्रतिशत अर्थात १ करोड २० लाख कित्तासम्म आवेदन सक्नेछ ।

यो योजना १० वर्षको हुनेछ । जसमा मुनाफाबाट प्राप्त रकम पुन: लगानी हुनेछ ।

क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाईधनीहरुले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्ने कम्पनीको दाबी छ ।

यस योजनाको अनुमानित वार्षिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । क्यापिटलले यस योजनाका इकाईधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरेको छ ।

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हाल २ योजनाहरु सञ्चालनमा छन् । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फण्ड पुर्नखरीद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आइएमई ब्यालेन्स् फण्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।

यस योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन् २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त मर्चेन्ट बैंक रहेको छ जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ ।

यस योजनाको इकाईमा लगानी गर्नको लागि, लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्वा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।

यस योजनाको निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस (A-)प्रदान गरेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE