Skip to content
Shikhar Insurance
National Life

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ४३ प्रतिशतले घट्यो, कस्ता छन् अन्य सूचक ?

Hyundai
NCELL
NIMB

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवकोे सोही अवधिको तुलनामा ४३.३१ प्रतिशत कम हो । गत आवको सोही अवधिमा कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ७.१२ प्रतिशत बढेको छ भने कुल आम्दानी १०.२८ प्रतिशत घटेको छ ।

३ अर्ब २ करोड ९३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ, महाविपत्ती कोषमा ९ करोड २२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १२ करोड ५२ लाख रुपैयाँ र अन्य इक्विटीमा ५५ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, कम्पनीको इपीएस ११.६७ रुपैयाँ, पीइ रेसियो ४८.४३ र प्रतिसेयर नेटवर्थ १८५.३० रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्