Shikhar Insurance
National Life

सत्य कुरा बोल्यो भने अत्यन्तै अमानवीय धम्की आउँछन्: प्रधानमन्त्री ओली

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २१, बुधबार १७:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मानव अधिकारको रक्षा गर्ने बताएका छन् । बुधबार काठमाडौंमा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले पनि मानव अधिकारको बारेमा बोल्यो भने धम्क्याउने गरेको बताउँदै यस्ता असामाजिक क्रियाकलापहरु मानव अधिकारको बिरुद्ध रहेको जिकिर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारले मानव अधिकार रक्षकहरुको, मानव अधिकारका लागि लड्ने योद्धाहरुको सम्मान गर्ने पनि बताए । मानव अधिकार रक्षकहरुको सुरक्षा सरकारले गर्ने र कानूनमा कुनै कमी भए सरकारले समाधान गर्ने बताए ।

मानव अधिकार हनन कर्ताहरुलाई कानूनको दायरामा ल्याइने प्रतिवद्धता जनाए । इमान्दार भएर सही उद्देश्यका लागि संघर्ष गर्नु सजिलो नभएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अहिले पनि मानव अधिकारको बारेमा बोल्यो भने, सत्य कुरा बोल्यो भने धम्क्याउने, धम्क्याउने पनि साधारण धम्की होइन, अत्यन्तै अमानवीय धम्की आउँछन् । हामी मानव अधिकार रक्षकहरुको, मानव अधिकारका लागि लड्ने योद्धाहरुको सम्मान गर्दछौँ । कानूनमा कमी छ भने त्यस्ता कमीहरु सरकारले हटाउँछ । मानव अधिकार डिफेण्डरको रक्षा गर्दछ । संघर्षका नाममा नक्कली झ्याली पिटाउनु, झुट, भ्रम फिँजाउनु, भ्रमको बादल छर्नु सजिलो हुन्छ । जे बोल्दा पनि हुनेकुरा गर्न सजिलो हुन्छ । तर निर्दिष्ट गन्तव्यका साथ अघि बढ्नु, त्यसका लागि संघर्ष गर्नु, भ्रम चिरेर सही बाटोमा देशलाई अघि बढाउनु सजिलो कुरा होइन ।’

प्रधानमन्त्री ओलीले नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउन मानव अधिकार विस्तृत रुपमा प्रत्याभुति नभइ सम्भव नरहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्