Skip to content
Shikhar Insurance
National Life

महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्छन्: मन्त्री यादव

Hyundai
NCELL
NIMB

काठमाडां । खानेपानीमन्त्री प्रदीप यादवले महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्नसक्ने बताएक छन् । सोमबार काठमाडौंमा खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व ‘अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रिया गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले महिलाहरु कमजोर नभएको बताए । उनले महिलालाई अवसर दिने हो भने देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्ने जिकिर गरे । उनले नेपालमा राष्ट्राध्यक्ष बनेर विद्यादेवी भण्डारीले नेतृत्व गरिसक्नुभएको उल्लेख गर्दै महिलाहरु कमजोर नरहेको बताए ।

खानेपानी उपभोक्ता महासंघमा पनि ४२ हजार उपभोक्तामध्ये १ हजार उपभोक्ता महिला अध्यक्ष अनिवार्य राख्नुपर्ने निर्णय गरेर देखाउन महासंघ अध्यक्षसँग आग्रह गरे ।

मन्त्री यादवले भने, ‘महिलाहरु कमजोर छैन । किन छैन भने हाम्रो मुलुकको सबैभन्दा महत्त्वपूर्ण पद, सबैभन्दा ठूलो पोष्ट, राष्ट्रपति महिलाले चलाएको छ । विद्यादेवी भण्डारीज्युले त मुलुकलालाई राष्ट्राध्यक्षको रुमपा चलाउनु भयो । निश्चित रुपमा यो देशले राष्ट्रपति जस्तो महत्त्वपूर्ण पद महिलाले चलाएको छ । प्रतिनिधि सभाको सभामुख पनि महिलाले चलाएको छ । कर्मचारीको मुख्यसचिव पनि महिलाले हाँकेको छ । अवसर दिनुस् न । अवसर दियो भने प्रधानमन्त्री पनि सबैभन्दा राम्रो महिलाले चलाउँछ । तर अवसर नदिने । अघि किन बढाउने, समानुपातिक हालौँ भन्ने छ । महिलाले जित्छ नि । लोकसभामा अनिवार्य रुपमा महिलाको कोटा छुट्याएको छ भारतमा । खानेपानी उपभोक्ता महासंघमा अध्यक्षज्युलाई आग्रह गर्दछु, ४२ हजार उपभोक्ता छ, २१ हजार उपभोक्ता महिला अध्यक्ष अनिवार्य राख्नुपर्छ भनेर निर्णय गर्नुस् । महिला आउँछ की आउँदैन, भनेर हुन्छ, निर्णय गर्नुस् न ।’

मन्त्री यादवले शिक्षामा महिलाहरु धेरै अघि बढिसकेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्