Skip to content
Shikhar Insurance
National Life

‘डिमाण्ड र सप्लाईलाई नियन्त्रण गर्न सके लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्नसक्छौँ’ प्रहरी महानिरीक्षक थापा

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यवद्धता भए लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्न सफल हुने बताएका छन् । बिहीबार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेको बताए । त्यसलाई मध्यनजर गरी नेपाल प्रहरीले काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभर लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढंगले अघि बढाइरहेको बताए ।

सबै पालिका, सबै तहतप्का र विद्यालय तहमा लागुऔषध विरुद्धको अभियानमा सचेतनामुलक कार्यक्रम लिएर अघि बढिरहेको बताए ।

लागुऔषधको डिमाण्ड र सप्लाईलाई नियन्त्रण कसरी गर्ने भनेर योजना बनाइ अघि बढ्न जरुरी रहेको बताए । नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आवमा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागुपदार्थ ५३ प्रतिशतले बरामद गरेको जानकारी दिए ।

उनले भने, ‘काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेको छ । अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभर हामीले लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढंगले अघि बढाइरहेका छौँ । हामीले सबै पालिका, सबै तहतप्का र विद्यालय तहमा हामीले लागुऔषध विरुद्धको अभियानमा सचेतनामुलक कार्यक्रम लिएर जाँदैछौँ । सबैको ऐक्यवद्धता भए लागुऔषध दुव्र्यसनी हामी नियन्त्रण गर्नसक्छौँ । डिमाण्ड र सप्लाईलाई नियन्त्रण कसरी गर्ने भनेर हामीले कार्यक्रम बनाउन जरुरी छ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आ।व।मा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागुपदार्थ ५३ प्रतिशतले बरामद गरेको छ ।’

उनले लागुऔषधको न्युनिकरण, रोकथाम र नियन्त्रणको विषय गम्भीर बन्दै गइरहेको बताए । लागुऔषधको नियन्त्रण र निवारणमा समयमै सबै एकजुट हुन नसके उत्पादनशील र सिर्जनशील युवा जनशक्ति गुमाउनुपर्ने अवस्था रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE