Skip to content
Shikhar Insurance
National Life

नेतृत्व विश्वासिलो भए गाह्रो काम पनि सजिलै सम्भव हुन्छ : उपप्रधानमन्त्री सिंह

Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेतृत्व विश्वासिलो भए सबै गाह्रो काम पनि सजिलै सम्भव हुने बताएका छन् । आइतबार काठमाडौंमा नेपाल बज्रमान महाविहार लुम्बिनीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राम्रो काम गर्न गाह्रो हुने तर गाह्रो कामलाई कार्यान्वयनमा लैजान नेतृत्व विश्वासिलो भए सम्भव हुने बताए । उनले २०४६ सालको जनआन्दोलनमा गणेशमान सिंहलाई सबैले विश्वास गरेको कारण आन्दोलन सफल भएको जिकिर गरे ।

उनले विश्वास जितेको नेतृत्व भए सामाजिक, धार्मिक कार्यहरू सम्पन्न गराउनको लागि असम्भव नहुने बताए । उपप्रधानमन्त्री सिंहले लुम्बिनीमा बनेको महाविहारले पर्यटकीय गतिविधिलाई बढाउन मद्दत पुग्ने जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्