Skip to content
Shikhar Insurance
National Life

‘देशको चिन्ता छ भने प्रतिपक्षीले पनि दुई तिहाई पुर्याइदिएर संविधान संशोधन गर्दा केही फरक पर्दैन’ भट्टराई

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले) का नेता विशाल भट्टाईले संविधानको पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित टेलिभिजन कार्यक्रम ‘सद्गमय सिजन २’ को समापन समारोहलाई सम्बोधन गर्दै नेता भट्टाईले संविधान निर्माण भएको एक दशक पुगिसकेको उल्लेख गर्दै समीक्षा गर्न जरुरी रहेको बताएका हुन् ।

उनले संविधानमै नै दश प्रत्येक दश वर्षमा संविधानको पुनरावलोकन गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै यसको लागि राजनीतिक दलहरु अग्रसर हुनुपर्ने बताए । नेता भट्टाईले जनताको आलोचना भएको विषयलाई राजनीतिक दलहरुले गम्भीरतापूर्वक लिँदै संविधानो आवश्यक पुनरावलोकन गर्नुपर्ने बताए ।

उनले भने, ‘संविधान निर्माण गरेको र राज्यको पुर्नसंरचना गरेको एक दशक जति पुग्यो । यो एक दशकमा हामीले संविधानका खास त्रुटीहरु के हुज् भनेर फरक फरक दृष्टिकोण त होलान् । तर एक हिसाबले एक निष्कर्ष निकालेका छौँ । हाम्रो संविधानले नै के भन्छ भने प्रत्येक दश वर्षमा यसको पुनरावलोकन गर भन्छ । सिंहले पनि आठ/दश पाइला हिँडेपछि पछाडि फर्केर हेर्छ रे । उसलाई परास्त गर्ने कुनै शक्ति नहुँदा पनि उसले पछाडि फर्केर हेर्छ । हामीले पनि सबैभन्दा उत्कृष्ट संविधान बनायौँ । सबैभन्दा राम्रो राज्यको पुर्नसंरचना गर्यौं भनेर दाबी गरेका छौँ । तर पनि पुनरावलोकन चाँही गर्नुपर्छ कि अब । पछाडि फर्केर हेर्दा मुलभुत कुरामा हामी नजाउँला तर जनताको आलोचना जे मा छ त्यसमा राजनीतिक दलहरुले अवलोकन गर्नैपर्छ । सरकारमा बस्नेहरुको दुई तिहाई छैन । बाहिर बस्नेहरुले दुई तिहाई पुर्याइदिँदा केही फरक पर्दैन । देशको माया र चिन्ता छ भने प्रतिपक्षमा बसेकाहरुले पनि दुई तिहाई पुर्याइदिएर संविधान संशोधन गर्दा केही फरक पर्दैन ।’

उनले सरकारमा रहेका दलहरुसँग दुई तिहाई नपुगेको खण्डमा राष्ट्रको आवश्यकता र जनताका मुद्दामा प्रतिपक्षी दलहरुले साथ दिनुपर्ने समेत बताए । समापन समारोहमा बोल्दै सञ्चारकर्मी टिकाराम यात्रीले कार्यक्रमले देशको समग्र क्षेत्रमा रहेका बेथिति र समस्याहरुको समाधान पनि दिन सकेको आफूले ठानेको बताए ।

कार्यक्रमले जलावायु परिवर्तनका मुद्दादेखि लिएर आजको वर्तमान मात्र नभई भविष्यसम्मको उन्नति, प्रगति र पर्यावरणीय क्षेत्रमा पर्ने प्रभावका विषयमा समेत कार्यक्रमले सकारात्मक प्रभाव पार्न सकेको बताए । कार्यक्रमले राजनीतिक नेतृत्वदेखि अन्य विकास निर्माणका क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्न सफल भएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Recent MORE