Skip to content
Shikhar Insurance
National Life

‘शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला’- मेटमणी चौधरी

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणी चौधरीले सरकारले शिक्षकहरुका मागहरु सम्बोधन नगरे सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउने चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो चेतावनी दिएका हुन् । शिक्षकका जायज मागहरु पूरा गर्न यथाशिघ्र शिक्षा ऐन नल्याए शासकहरु भाग्नुपर्ने परिस्थिति बन्ने उनको टिप्पणी छ । उनले सरकारले शिक्षकहरुका जायज मागहरु पुरा गर्नुको सट्टा दमन गरिरहेको आरोप लगाए ।

उनले भने, “शिक्षकहरुका मागअनुसार शिक्षा विधेयकलाई टुंग्याउनको लागि हार्दिक अनुरोध गर्दछु । अन्यथा सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला । शासकहरु भागेको कुरा सुन्नुभएको होला नि । पढ्नु भएको पनि होला । जनताको अगाडि बहुमत र दुई तिहाईको अंकले काम गर्दैन भन्ने कुरा बंलादेशतिर हेरे पुग्छ ।”

उनले सरकारले शिक्षकहरुमाथि जंगली व्यवहार र दमनपूर्ण व्यवहार देखाएको भन्दै पार्टीको संसदीय दलको तर्फबाट घोर भत्र्सना गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्