काठमाडौं । काठमाडौं महानर पालिकाको मेयर बालेन शाहले एक हप्ताभित्र महानगर पालिकाका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडीदिने बताएका छन् ।
सोमबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै बालेनले राजतन्त्रको पक्षमा आन्दोलन गर्ने पनि संकेत गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, “काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछी हेरौँला तिमी हरुको के-के तन्त्र हो!!”
काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत केन्द्र सरकारले पठाएको बालेनले हाजिर गर्न दिएका छैनन् । उनले नयाँ कार्यकारी प्रमुख माग गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्