Skip to content
Shikhar Insurance
National Life

‘बाफिया जस्ताको तस्तै पास भए बैंकमा झनै पैसा थुप्रिन्छ, हचुवाको भरमा कानुन नबनाऔं’-पुर्व गभर्नर नेपाल

Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थ समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धि विधेयक (बाफिया) मा छलफल भएको छ । अर्थ समितिमा बुधवार भएको बाफिया विधेयकमाथिको छलफलमा भाग लिर्दै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले अहिलेको बाफिया विधेयक जस्ताको त्यस्तै पास भए बैंकमा पैसा अझ धेरै थुप्रने बताए । उनले अहिले राखिएका प्रावधान लगानी विस्तारका लगानी वाधक हुने बताए ।

उनले बैंक वित्त संस्थाको संचालकको योग्यता विज्ञ हुनुपर्छ । नेपालका अनुसार सञ्चालकको संख्या ११ देखि १२ राख्दा हुन्छ । चालु पुँजी कर्जासम्बन्धि राष्ट्र बैंकले नीति ल्याउँदा अहिले उद्योगी व्यापारीहरुले कर्जा लिन नसकेको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय अभ्यास बैंक वित्तीय संस्थाहरुसम्बन्धि कानून ठ्याक्कै एउटै नहुने बताउँदै देशको अवस्था, आर्थिक संरचना, विकास हेरेर कारोबार हेरेर कानून बनाउने र बैंकिङ क्षेत्रको नियमन गरिने गरिएको बताए । वित्तीय संस्थाहरुलाई मजबुद बनाउँदै कर्जा बढाएर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने उनको भनाइ छ ।

नेपालका अनुसार अहिले जुनरुपमा व्याख्या गरेर अहिले कतिपय प्रवाधानहरु राखिएको छ त्यो सही छैन । बाफियामा राखिएको कारोबार गर्न नपाउने व्यवस्था अत्यन्तै कडा राखिएकाले त्यसले वैदेशिक लगानीलाई निरुत्साहित गर्नसक्ने खतरा छ ।
उनले भने– “बैंक वित्तीय संस्थासम्बन्धि बाफिया जस्ताको त्यस्तै पास भयो भने अहिले बैंकमा पैसा थ्रुपिएको छ नि अझै धेरै थ्रुप्रिन्छ । नियामक निकाय राष्ट्र बैंकलाई पनि आनन्द, बैंक तथा वित्तीय संस्था पनि सेल्फ नियमन गर्ने निकाय हो उसलाई पनि आनन्द हुन्छ । पैसा लैजाँदैनन् कसैले । समस्या कहाँ छ भने हामी स्पष्ट रुपमा बैंक केका लागि भनेर बुझ्न सकेनौं । बैंक हामीले किन राख्छाौं । के उद्देश्यले बैंक राख्ने ? बैंकमा लगानी किन गराउने ? यसमा नबुझि हचुवाकै भरमा कानूनहरु बनाइनु हुँदैन ।”

डिजिटल बैंकको दायरा स्पष्ट व्यवस्था गर्नुपर्ने बताउँदै उनले कर्जा असुली सम्बन्धि जमानकर्ता र ऋणीलाई एउटै रुपमा हेर्नुपर्ने उनले बताए। सम्पत्ति व्यवस्थान कम्पनी १५/२० वर्षदेखि आएपनि लागू हुन नसकेको बताउँदै यसलाई कार्यान्वयनमा लैजान जरुरी रहेको उनको भनाई छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्