Shikhar Insurance
National Life

नेपाल ग्रे लिस्टमा पर्नुको सचित्र वर्णन छिटै सदनमा प्रश्तुत गर्छु : अर्थमन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २२, बिहीबार १७:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल ग्रे लिस्टमा पर्नुको सचित्र वर्णन सदनमा प्रश्तुत गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले नेपाल ग्रे लिस्टमा अहिलेको सरकारको कारण नभइ यसअघिको सरकारले गरेका कामहरुको नतिजाले परेको बताएका हुन् ।

उनले कसले के काम गर्दा नेपाल ग्रे लिस्टमा पर्‍यो भन्नेबारेमा संसदमै सचित्र वर्णन गर्ने बताए । उनले कुनकुन कालखण्डमा कसले कसले के गरेका छन् ? कुन कालखण्डमा के भयो र नेपाल ग्रे लिस्टमा भएन ? कुन कालखण्डमा कसले काम गर्‍यो र यो ग्रे लिस्टमा पर्‍यो भन्नेकुराको वर्णन छिटै गर्ने पनि बताए । दुई वर्षको समय नलिइ छोटो समयमै ग्रे लिस्टबाट बाहिर आउने प्रक्रियामा नेपाल रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्