Skip to content
Shikhar Insurance
National Life

प्रतिपक्षीको भावनालाई सम्मान गर्छु, मसिना कुरालाई इगोको रुपमा नलिऔँ : प्रधानमन्त्री

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मसिना कुराहरुलाई इगोको रुपमा नलिइ संसद सुचारु गर्न प्रतिपक्षीलाई आग्रह गरेका छन् । सोमबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले संसदमा ल्याइएका अध्यादेशहरु संविधान अनुसार नै भएकाले दुवै सदनबाट स्वीकृत भइसकेको बताए । उनले संविधानलाई समृद्ध बनाउँदै कार्यान्वयनमा लैजान कानून निर्माण आवश्यक भएकाले अध्यादेश ल्याउनुपरेको बताए । उनले सबै दलको एकताबद्धताले स्थपित भएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले देशमा भइरहेका गणतन्त्र बिरोधी गतिविधि तथा आफ्नो थाइल्याण्ड भ्रमणको विषय रहेकाले सबै दलहरुलाई एकतावद्ध भएर संसद सुचारु गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्र्तीेबारे अदालतमा विचाराधिन रहेकाले संसदमा छलफल गर्नु उचित नहुने जानकारी दिए । उनले लोकसेवाले नियुक्त गरेको बाहेक राजनीतिक नियुक्तहरु सरकार फेरिएपछि स्वत: फेरिने विधिमा जानु व्यस्था मिलाउनु पर्ने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्