Skip to content
Shikhar Insurance
National Life

डा. बरालले उपकुलपतिबाट किन राजीनामा दिनुभयो भन्ने औपचारिक जानकारी मैले पाएको छैन : मन्त्री भट्टराई

Hyundai
NCELL
NIMB

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.केशरजंग बरालले किन राजीनामा दिएका भन्ने बारेमा आफूलाई जानकारी नरहेको बताएकी छिन । आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस विषयमा आफू अनविज्ञ रहेको बताएकी हुन् ।

आफूले पनि सञ्चारमाध्यमबाट नै राजीनामाको जानकारी पाएको बताइन् । उनले शनिबार बिदा परेकाले आफूसमक्ष सो जानकारी नआएको र आजसम्म आउने विश्वास व्यक्त गरिन् । किन राजीनामा दिएका हुन् भन्नेबारेमा औपचारिक जानकारी नरहेकाले औपचारिक तवरबाट जानकारी पाएपछि मात्रै समितिलाई जानकारी गराउने प्रतिवद्धता जनाइन् ।

उपकुलपति प्रा.डा. बरालले शनिबार विश्वविद्यालयको उपकुलपतिबाट राजीनामा दिएका थिए । उनले बिरामीको कारण देखाउँदै राजीनामा दिएका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्