काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले भ्रष्टाचार गरेको छ भनेर प्रमाण प्रश्तुत गरे जुनसुकै बलिदान दिन तयार रहेको बताएका छन्।
पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नबिराउनु, नडराउनु भन्ने आफ्नो एउटा मान्यता रहेको बताए ।
बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता नरहेको उनको भनाइ छ । उनले यो धर्तीका एक जना मान्छेले पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रश्तुत गरे जुनसुकै बलिदान गर्न आफू तयार रहेको घोषणा गरे।
आफू सधैँ अनुशासन, नियम, विधिको पालना गर्ने, प्रक्रियालाई सम्मान गर्ने व्यक्ति भएको उनले बताए ।
अध्यक्ष नेपालले भने, ‘मेरो एउटा मान्यता छ, नबिराउनु, नडराउनु । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन । यस धर्तीका एक जना मान्छेले पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रश्तुत गरोस्, जुनसुकै बलिदान गर्न म तयार हुनेछु । म अनुचित कुराको कहिल्यै पनि पक्षमा रहन्न । म जहिले पनि अनुशासन, नियम, विधिको पालना गर्ने, प्रक्रियालाई सम्मान गर्ने, राम्रो संस्कृति र संस्कारमा जोड दिने, कहिले पनि बदलाको भावनाबाट नहिँड्ने सकेसम्म सबैलाई समेटेर लैजाने सोच भएको मान्छे हुँ ।’
अध्यक्ष नेपालले जीवनमा चुनौतिहरुको सामना गर्ने आँटका साथ अघि बढ्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्