Skip to content
Shikhar Insurance
National Life

म आफैँ आन्दोलनमा छु, शत्रुतापूर्ण आन्दोलनसित सरकार चनाखो हुनुपर्छ: अध्यक्ष केसी

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेजीको लागि आफू आन्दोनमै रहेको बताएका छन् । शुक्रबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष केसीले संविधान निर्माणका वखतदेखि नै आफ्नो पार्टी प्रदेशको विपक्षमा रहेको बताएका हुन् ।

प्रदेश खारेज नगरी मुलुकमा विकासको ढोका नखुल्ने उनको जिकिर छ । उनले तीनकुनेमा चैत १५ गते भएको घटना लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने नियतका साथ भएको समेत बताए । उनले संविधानमा भएका असहमतिहरुलाई जनमत लिएर हटाउन मिल्ने प्रावधान हुँदाहुँदै शत्रुतापूर्ण तरिकाले अराजकत गतिविधि भइरहेको बताए ।

उनले आन्दोलन प्रदर्शनका नाममा प्रणाली सिध्याउने र शत्रुतापूर्ण आन्दोलनप्रति सरकार चनाखो हुनुपर्ने समेत बताउँदै तीनकुने घट्नाले लोकतन्त्रण र गणतन्त्र सुरक्षित नगरेको संकेत गरेको उल्लेख गर्दै सबैले चनाखो हुनुपर्ने टिप्पणी गरे ।

उनले भने, ‘अहिले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने नियतका साथ यो आन्दोलन आएको छ । संविधानभित्रका कतिपय कुराहरुमा त हाम्रो मतभेद हुनसक्छ नि । त्यो मतभेद त जनतामा त्यस किसिमको प्रभाव पारेर आफ्नो पक्षमा जनमत ल्याएर असहमति भएको विषयलाई हटाउने हो । त्यसको बहाना प्रणाली नै सिध्याउने र शत्रुतापूर्ण आन्दोलनसित सरकार चनाखो हुनुपर्छ ।’

‘अब म आफैं पनि आन्दोलनमा छु । मैले सरकारलाई भनिराखेको छु प्रदेश हुनुहुन्न । संविधान बनाउँदाका बखतदेखि नै जनमोर्चाले प्रदेश भनेको होइन । गृह मन्त्रालयसँग यति नजिकको ठाउँ, सुरक्षा निकायको नजिकको ठाउँमा जुन खालको घटना घट्यो यो राम्रो भएन । सरकारले पीडितहरुलाई दिएको राहत राम्रै कुरा छ । तीनकुनेको घटनालाई हेर्ने हो भने लोकतन्त्र र गणतन्त्र सुरक्षित छैन । हामी सबै शतर्क हुनुपर्छ’ उनले उल्लेख गरे ।

नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले तीनकुने प्रदर्शनमा सरकारले आवयक विवेक नपुर्‍याउँदा क्षति भएको बताइन् । उनले प्रदर्शनको अघिल्लो दिन निर्मल निवासमा राजावादीहरुले कमाण्डर परिवर्तन गरेको भएपनि सरकारले आवश्यक तयारी नगरेको बताइन् । बैंकबाट अर्बौं रुपैयाँ ऋण लिएर जनताको भावनामाथि खेल्ने पृष्ठभुमिका अराजक मान्छेलाई कमाण्डर तोक्दा समेत सरकार चनाखो नभएको उनको आरोप छ ।

उनले भने, ‘चैत १४ गते निर्मल निवासमा ८६ वषीर्य कमाण्डर चेन्ज गरेर अर्को कमाण्डर टिकाटालो लगाउँदा सरकार के हेरेर बसेको थियो रु यसमा सरकारको तयारी पुगेन । किनभने कमाण्डरका गतिविधि त हामीले विगतमा बल्खुदेखि धेरे ठाउँम हेरिसकेका छौं । बैंकबाट अर्बौं रुपैयाँ लिइसकेपछि तिर्नु पर्दैन भनेर ऋणीहरुको भावनामाथि खेलेर अराजक बनि हिँड्नेलाई कमाण्डर तोकेको सार्वजनिक भइसकेको थियो नि त ।’

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लाले त्रिभूवन विमानस्थल नजिकैको संवेदनशील स्थलमा राजावादीहरुलाई आन्दोलन गर्न किन ठाउँ दिइएको हो ? भन्दै प्रश्न गरे । त्यस्तो संवेदनशील ठाउँमा प्रदर्शनका लागि अनुमति दिन नहुनेमा उनको जोड छ ।

बैठकमा बोल्ने अधिकांश सांसदहरुले व्यवस्थाविरुद्धका आन्दोलन र प्रदर्शन गर्नेहरुप्रति सरकार चिन्तित र गम्भिर हुन आवश्यक रहेको धारणा राखे ।

GBIME

प्रतिक्रिया दिनुहोस्