Shikhar Insurance
National Life

‘ऋण तिर्ने कल्चर बिस्तारै हराउँदै गएको पाइरहेको छु’, उपेन्द्र पौड्यालसँगको अन्तर्वार्ता

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २, शुक्रबार ०७:३५
Hyundai
NCELL
NIMB

बैंकर उपेन्द्र पौड्याल नबिल बैंकको अध्यक्ष र बैंक तथा वित्तीय परिसंघको नेतृत्व गरिहरेका छन् । स्ट्यान्डर्ड चार्टर बैंकमा १४ वर्ष काम गरेका पौड्याले विभिन्न बैंकहरुको उच्च व्यवस्थापनको भुमिकामा समेत काम गरिसकेका छन् । उनै पौड्यालसँग सिंहदरबारका प्रधानसम्पादक नारायण प्रसाद पौडेलले सोधे: तपाईले नेपालका केही उम्दा बैंकहरुको व्यवस्थापकीय नेतृत्व सीईओका रुपमा विगतमा गरिसक्नु भएको छ । र अहिले निकै राम्रो मानिएको नबिल बैंकको चियरम्यानका रुपमा आफ्नो जिम्मेवारीमा हुनुहुन्छ । बैंकहरुले दोस्रो क्वारटरको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरे । साढे ४ प्रतिशत आसपास एनपीएल (खराब कर्जा) पुगेछ । १४.७१ प्रतिशत आसपासको इपीएस रहेछ औषतमा । ७ प्रतिशत आसपासमा यहाँहरुको आरओई रहेछ । कसरी चल्छन् ? कसरी आइपुगे नेपालका बैंकहरु यो पोजिसनमा ? फिटफाट हो कि स्ट्रेसमा हो ?

हामी अगाडि देखि नै हेर्दै जाने हो भने बैंकहरुको रिटर्न र बफिङ लोनको कुरा छ । रिटर्नको कुरामा पहिला ज्यादै नै राम्रो रिटर्न चाहिँ हामीले दिएर आएको हो र नन पफर्मिङ लोन पनि एकदम मिनिमम थियो किनकि हाम्रो नेपालको बरोरहरुको जुन एउटा कल्चर छ, ऋण लिइसकेपछि तिर्नुपर्छ भन्ने कल्चर छ । जहाँबाट भएपनि तिर्ने र समयमा लोनलाई चाहिँ सर्भिसिङ गर्ने जुन परिपाटी थियो । त्यो परिपाटी त कायम नै छ भन्छु म । किनभने जुन सुकै सक्सहरु थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाम्रो नेपालमा पहिलादेखिको कुरा गर्ने हो भने माओवादी दन्द्वको बेलामा पनि हाम्रा इकोनोमिका एक्टिभिटिजहरु      एकदमै कन्ट्र्याडिक्ट भएका थिए । तल्लो लेभलमा थियो त्यहि पनि बिजनेसहरु राम्रोसँग सञ्चालन हुन नसक्दाको अवस्थामा पनि हामीले बैंकिङ गरेकै थियो र राम्रो स्लोक भइरहेको थियो । त्यसपछि भूकम्पले धेरै ठूलो असर पारेको थियो ।

बैंकहरु राम्रोसँग सञ्चालन भइरहेको थियो र हाम्रो बैंकका ग्राहकहरुले पनि राम्रैसँग रेस्पोन्स गरिरहेको थियो । सकेर नसकेर भएपनि राम्रैसँग गरिरहेको अवस्था थियो । त्यसपछि कोभिडको अवस्था, नाका बन्दीको अवस्था सबै कुराहरुमा हेर्दा खेरी पनि सबैले अनुशासित ढंगले आफ्नो व्यवसायहरु बैंकले पनि व्यवसायीहरुले पनि गर्दै आएको अवस्था हो । अब अहिले आउँदा खेरीको एकदमै स्ट्रेस सिच्युएसनमा हामी सबैजना छौँ ।

यो सबै देशको अर्थ व्यवस्था विस्तारै कन्ट्र्याक्ट हुँदै जाँदा खेरी र पहिलादेखिका जुन समस्याहरु थिए । हामीले युवाहरुलाई हाम्रै देशमा आकर्षित गरेर राख्न नसकि रहेको अवस्थाहरुलाई म जोड्छु । किनभने आज जति पनि इकोनोमिकल्ली एक्टिभ पपुलेसन छन्, त्यसका धेरै युवाहरु चाहिँ बाहिर गइरहेको अवस्था छ । र तिनीहरु नै इकोनोमिको सोर्स एण्ड सर्भिस कन्जमसन गर्ने जमात तिनैहरु नै हो । यो कस्तो भयो भने भ्यागुतालाई तातोमा राख्दाको कुराहरु जस्तो भइरहेको मैले अनुभव गरिरहेको छु । किनभने पहिला हामी बुलिस्ट ट्रेन मै अगाडि बढ्दै गयौँ । राम्रो भइरहेको थियो ।

विस्तारै मान्छेहरु पनि विदेश पयालयन हुँदै गइरहेका छन् नि इकोनोमिकल्ली एक्टिभली पपुलेसनहरु, जस्ले प्रोडक्सन गर्छ तिनीहरु पनि पलायन हुँदै गए । र त्यहि सोर्स एण्ड कन्जमसनहरुलाई प्रोडक्सन गर्ने मान्छेहरु पनि विस्तारै बाहिर गइरहेको छन् । त्यो खालको परिवेशमा अहिले मैले के देखिरहेको छु ? भने अहिले हाम्रो अर्थतन्त्र नै विस्तारै खुम्चिरहेको छ ।

 

देशमा सबै औपचारिक अप्ठ्याराहरु समाप्त भएका छन् । द्वन्द्व सकियो । नाकाबन्दी सकियो । संविधान आयो । नागरिकले आफूले चाहेका मान्छेहरुलाई आफूमाथि शासन गर भनेर पठाएका छन् । अरु हिसाबले सबै स्थिरता छ । फेरी पनि हामीले के भाति पुर्याएनौँ र हाम्रा नागरिक, हाम्रा ब्रेनहरु बहिरीए । हाम्रा पाखुराहरु बाहिरिएर हामी यो अवस्थामा आयौँ । के ल्याकिङ भयो यो बीचमा ?

यो चाहिँ म कहाँदेखि सुरु गर्छु भने माओवादी द्वन्द्वकालदेखि सुरु गर्छु । त्यतिबेला कुन तरिकाले हाम्रा युवाहरुमा प्रेसर थियो । भन्ने कुरा त तपाई हामीले एक्सप्लेन गरिराख्नु पर्छ जस्तो लाग्दैन मलाई । एकातिर उद्योग व्यवसायीहरु बन्द भइरहेका थिए । रोजगारीका सम्भावनाहरु घटिरहेको थियो ।

अर्कोतिर माओवादी द्वन्द् मै आफैं पनि जोइन्ट हुनु पर्ने प्रेसरहरु पनि डेभलप भइरहेको थियो । त्यो हुँदा खेरी गाउँका अलिकति लयन अर्डर राम्रोसँग मेन्टेन हुन नसकेका वासिन्दाहरु सहरी क्षेत्रतिर छिर्दै गए । सहरी क्षेत्रमा अटाउँने ठाउँ त धेरै छैन । हामीले डेभलप गर्न सकेको थिएन । त्यो भइसकेपछि अल्टरनेटिभ उनीहरुले खोज्दै के देखियो ? भने विश्वको श्रम बजार तिर चाहिँ अल्टरनेटिभ देखियो ।

त्यसपछि त्यतातिरको श्रमबजारतिर आकर्षित भएर हाम्रा युवाहरु चाहिँ बाहिर तिर पलायन हुँदै गए । त्यसपछि हामीले रोजिगारीका अवसरहरु धेरै सृजना गर्न नसकिरहेको कारणले र युवाहरुलाई आफ्नो भविष्यको चिन्ता त हुन्छ । त्यो हुँदाखेरी अलिकति पढेका, शिक्षित अथवा बाहिर पनि पढाउँन सक्ने खालका परिवारका युवाहरु चाहिँ पढ्न भनेर बाहिर गए र त्यसपछि उहीँ सेटल भएर बसिरहेका छन् धेरै चाहिँ । त्यो अवस्थामा हामी सबैतिरबाट चेपेर आइरहेका छौँ ।

हाम्रो लिडरहरुको कुरा गर्छु म जस्ले चाहिँ लिड गरिरहेको छ, जस्ले यो देशमा भिजन दिनु पर्ने हो त्यो भिजनको कमी मैले प्रष्ट देखिरहेको छु । किनभने अहिले पनि हामी रमाइरहेका छौँ । त्यहाँबाट हाम्रा माइग्रेन वर्करहरुले पठाएको पैसाले हामी यहाँ यत्रो फरेन एक्सचेन्ज रिजर्भ भइरहेको छ । हामीले यत्ति आम्दानी गरिरहेका छौँ भनेर त्यसमा हामी रमाएर बसिरहेका छौँ । तर त्यही युवाहरुले यही बसेर यही नै प्रोडिक्सन गरेको भए त्यसको कन्ट्रीव्युसन कति हुन्थ्यो ? भन्ने कुरा त्यतातिर सोच्नु पथ्र्यो नि त । हामीले त्यही बेलादेखि नै त्यता जानका लागि चाहिँ कसर रोक्न सकिन्छ ? भन्ने इनिसिएटिभहरु कहिँबाट पनि मैले देखेको छैन ।

म त बैंकिङ क्षेत्रमा ८० को दशकदेखि नै इन्भल्भ छु । र यो सबै घटना क्रमलाई त मैले नियालेको छु । यो अर्थतन्त्रमा त्यसको कस्तो किसिमको असर पर्छ ? भन्ने हिसाबले त नियालेर बसेको छु । मैले हेर्दा खेरी त्यो खालको उनीहरुलाई रोक्ने कसरी उनीहरुलाई रोक्न सकिन्छ ? भन्ने कुराहरुमा कसैको पनि ध्यान गएको मैले देखेको छैन ।

दुखै दुखका बीचमा पनि संघर्ष गरेर जानुको विकल्प हुदैन । हामी जुन परिस्थिति आज भोगेका छौँ, यो इतिहासले हामीलाई सुम्पिएको विरासत मात्रै हो । हामीलाई यहाँबाट अगाडि फर्किनु नै छ । यो प्रोसेसमा तपाई बैंकर जो हिजो बैंकर हुनु हुन्थ्यो । आज बैंकको चियरम्यान हुनु हुन्छ । प्राइभेट सेक्टरको प्रतिनिधि पनि हो । र एक जना दिग्गज व्यक्तित्व जस्ले यसरी अगाडि जाऔँ भन्दा समाजले सुन्छ पनि । तीनले के गर्ने ? हामी प्रश्नकर्ताको भूमिका कहाँ निर हुने ? राज्यमा बसेर नीति निर्माण गर्नेहरुले केके गरिदिने ? र केके गरिदिदाँ हामी यो सबै चिजबाट माथि उठेर एउटा स्वर्णिम युगमा जान सकौँला । अब त्यता लागौँन ?

यसमा सबैभन्दा पहिला त राज्यले हाम्रो देशको कम्पिटेटिभ एडभान्टेज के हो ? कम्प्यारेभिट एडभान्टेज के हो ? भन्ने कुराहरु हामी बुझ्नु पर्छ । र हाम्रो एडभान्टेजका कुराहरुमा धेरै बहस पनि भइसकेका छन् । यो सबैले बुझिसकेका कुराहरु पनि हुन् । हाम्रा एडभान्टेज भनेको टुरिजम, हाइड्रोपावर र अब कृषिमा तपाई हामीले अझ परिष्कृत रुपमा कम्प्यारेभिट एडभान्टेज भए पनि नभए पनि जानै पर्छ । किनकि हरेक राष्ट्रको लागि फुड सेक्युरिटीको भन्ने कुरा अहम इस्यु हो ।

सबैभन्दा पहिलो हाम्रो प्राइर्योटी त्यहाँ हुनु पर्छ । त्यस कारणले कृषिमा राज्यले सब्सिटी दिएर भए पनि कृषिलाई अझ अगाडि लैजानु पर्छ । भाएबल बनाउनु पर्छ । जो पनि कृषिमा लाग्नको लागि आकर्षित गराउनु पर्छ । त्यसमा हामीसँग अरु किसिमको अल्टनेटिभ छैन । अनि अरु माक्रो एसएमई र एसएसईमा साना साना व्यवसायीहरुलाई विस्तारै प्रशय दिदैँ जानुपर्छ ।

त्यसको लागि हामी कहाँबाट बाहिर गएका जति युवाहरु छन्, ती युवाहरुलाई फिर्ता ल्याउँने र अब जानलाई रोक्ने खालको हाम्रा इनिसिएटिभ हुनु पर्छ । जस्तो कि म तपाईलाई एउटा उदाहरण दिन्छु । हाम्रै बैंकले हाम्रै इनिसिएटिभमा यो बाहिर गएका युवाहरुलाई यहिँ राख्नको लागि बैंकले कसरी डिस्ट्रक गर्न सक्छ त । भन्ने हिसाबले तिनीहरुलाई कनेक्ट गरेर मेरो एउटा थेगो छ ।

कनेक्ट गर्ने, डिक्ट्रक गर्ने अनि ट्रान्सफर्म गर्ने । अब उनीहरुलाई कनेक्ट गर्नु पर्ने छ । त्यसमा हामी कोसिस गरिरहेका छौँ । र डिक्ट्रक गर्ने भन्ने वित्तीय कै चाहिँ उनीहरुलाई यहाँ इन्गेज गराउँने कसरी गराउने ? बाहिरबाट जान रोक्ने र उनीहरुलाई यहाँ इन्गेज गराउँने । इकोनोमिकल्ली इन्गेज गराउँनको लागि हाम्रो जस्तो बैंकले छुट्टै प्रोडक्ट माइग्रेन रिटर्नीको लागि प्रोडक्ट ल्याइसकेका छौं ।

तपाईहरु त हामी स्किल फुल मान्छे तयार पार्छौ । भनेर अर्को एउटा प्रोजेक्ट पनि चलाई रहनु भएको छ ?

हो । त्यो गर्नुको एउटा मकसत चाहिँ के हो भने ? आज बाहिर गइरहेका युवाहरु छन् नि तिनीहरुले एउटा काम गर्ने कल्चर लिइसकेका छन् । अनि एउटा कुनै काम गर्ने स्किल पनि त्यहाँबाट सिकेर आउँछन् । केही पुँजी पनि बोकेर आएका छन् । र तिनीहरुलाई हाम्रो इकोनोमीको मेनस्ट्रिममा लिएर आएर तिनीहरुलाई इन्ट्रोप्रोनियर बनाउँन सक्यौँ भने देशले काचुली फेर्छ । त्यसमा मलाई एकदमै विश्वास छ ।

त्यसैले एउटा सानो तरिकाले भए पनि यो इनिसिएटिभ नबिल बैंकले लिइसकेको छ । त्यसलाई पनि सपोर्ट हुने हिसाबले ‘नबिल स्कुल अफ सोसल एन्ट्रोप्रोनियरसिप’ भनेर काठमाडौंमा हामीले ६ महिनाको रिकोरस ट्रेनिङ दिन्छौँ । हुन त एउटा कोरसमा २० जना मात्रै मान्छेहरु हुन्छन् । त्यो २० जना मान्छेलाई ६ महिना हाम्रो एन्ट्रोप्रोनियरसिपको ट्रेनिङ दिएर अब यसले चाहिँ व्यवसाय गर्न सक्छ भनेर हामीले तयार गरिरहेका छौँ । र देशको अन्य क्षेत्रमा पनि हामीले ३ महिनाको ट्रेनिङ दिएर गराएका छौँ ।

अर्को हप्ता नै हामी जनकपुरमा सुरु गर्दैछौँ । त्यसको लागि म जाँदै छु । त्यो मात्रै हैन । हामीले गाउँमा पनि एक हप्ताको एउटा अवेरनेस पनि होस् भनेर एन्ट्रोप्रेनियरसिप डेभलपमेन्टका कार्यक्रमहरु समय समयमा गरिरहेका पनि छौँ । आज हामी यज अ बैंक पनि र राज्यका हरेक संयन्त्रले सोच्नु पर्ने कुरा चाहिँ के छ ? भने अब हामी आफ्नो कार्यक्षेत्रमा बस्ने मात्रै हैन, हाम्रो कार्यक्षेत्रलाई एक्सपान्ड गर्नको लागि हामीले के गर्नुपर्छ ? भने हामी आफु पनि अगाडि बढ्नु पर्छ ।

जस्तो बैंकले इन्ट्रोप्रेनियरसिप अफिसमा बसेर मसँग लोन लिने मान्छे कुरेर बस्ने हैन कि लोन लिने मान्छे जेनेरेट गर्ने ।

तपाई यत्ति गरिसकेपछि यो त तपाईहरुको सीएसआर टाइपको बैंकले भोलियन्टरी आरम्भ गरेको कार्यक्रम भयो । यो तपाईले एनआरबी (राष्ट्र बैंक) मा भन्नु भयो होला । बैंकिङ इन्ड्रष्ट्रिमा भन्नु भयो होला । तपाईहरु त सरकारको उच्च पदस्थ निकायमा जानु हुन्छ, जस्ले इन्ट्रोप्रेनियरसिपका लागि मान्छेहरु तयार पार्छौ । स्किलफुल मेनपावर बनाउँछौँ । भनेर ट्रेनिङका लागि पैसा खर्च गरिरहेको हुन्छ । उनीहरुले तपाईहरुको यो इभेन्ट यो इनिसिएसनप्रति कस्तो रेस्पोन्स गरे ? यसलाई संस्थागत गर्न तिर लाग्छौँ भने कि भनेन् ?

मैले प्रष्ट भन्नु पर्दा खेरी माइग्रेन रिटर्नीका लागि जुन प्रोडक्ट हामीले लन्च गर्यौँ । त्यो लन्च गर्दा खेरी श्रम मन्त्रीसँग कुरा गर्दा खेरी उहाँ एकदमै खुसी हुनु भयो । उत्साह हुनु भयो । राम्रो कुरा हो भने श्रम मन्त्री र त्यतिबेलाको श्रम सचिव केवल भण्डारी हुनु हुन्थ्यो । उहाँ दुबै जना आएर यो प्रोडक्ट लन्च गरेको हो । उहाँहरुबाट मैले सर्पोट चाहिँ पाएको छु । कुरा के हो ? भने हामीले इम्प्याक्ट दिन खोजिरहेका छौं समाजमा । तर तात्विक रुपमा मलाई चाहिँ धाप मारेको छैन ।

सेन्ट्रल बैंकले पनि त्यसलाई एक लेभलको अप्रेसेसन चाहिँ नभएको हैन । तर तिमीले यसो गर उसो गर । हाम्रो रोलहरु के हुन्छन् त ? भनेर सबै आइदिनु भयो भने हामी अझ परिष्कृत रुपमा अगाडि आउँन सक्थ्यौँ होला ।

कति मान्छे तयार भए ? तपाईहरुको यो रिटर्नीङ प्रोजेक्ट र यता एसईई प्रोजेक्ट मार्फत ?

अब यसमा हामीले अहिलेसम्म १२ सय भन्दा बढीलाई ट्रेनिङ दिइसकेका छौँ । त्यसमा लगभग १ सय जना चाहिँ क्लियरली इन्ट्रोप्रेनियरसिपमा गइसकेका छन् । यसमा नम्बर हेर्दा खेरी १ सय जना त मैले भन्ला रे । तर यसैमा म एउटा एक्सपिरियन्स सेयर गर्न चाहान्छु । मैले सुरु सुरुमा बैंकिङ सुरु गर्दाको अवस्थामा कुनै साना युवाहरुलाई मलाई अहिले पनि याद छ ।

दुई वटा युवाहरुलाई मैले ३ लाख रुपैयाँको ६ लाख रुपैयाँ माग्दै आउनु भएको थियो । कोलाटरल छैन भन्नु भयो । कोलाटरल छैन भने कसैको ग्यारेन्टी दिनुस् न त । भनिसकेपछि उहाँले जुन काम गर्न लाग्नु भएको प्रोडक्ट छ । त्यो प्रोडक्टलाई किन्ने जुन अर्गनाइजेसन छ । त्यो ग्यारेन्टी दिएर मैले ३ लाख रुपैयाँको लोनबाट सुरु गरे उहाँहरुसँग । त्यसपछि ६ लाख रुपैयाँ तत्कालै दियौं उहाँहरुले मागेको । राम्रो काम गर्दै हुनु हुन्छ भनेर ।

त्यसपपछि १२ लाख १५ लाख रुपैयाँ गरेर करोडौँ रुपैयाँ मैले २, ३ वर्षको बीचमा ३ लाख रुपैयाँ दिएको व्यक्तिहरुलाई त्यो बेलामा १९८० तिरको कुरा गर्दै छु मैले । त्यसपछि १९९० सम्ममा उहाँहरुले एक डेढ करोडको कारोबार गर्न सक्ने अवस्थामा पुग्नु भयो । त्यो बेलाको दुई करोड भनेको धेरै ठूलो कुरा हो । त्यसबाट म धेरै नै प्रभावित भएको छु । त्यसरी हामीले यज अ बैंकले सपोर्ट गर्दै जाँदा कुनै बेला १० लाख रुपैयाँ लिनेहरु आज अर्बौ खेल्नेसम्मको भइसक्नु भयो । र त्यहि ३ लाख रुपैयाँ लिने पनि आज अर्बौको खेल खेल्ने भइसक्नु भयो ।

त्यो लेभलको उहाँहरुले आफ्नो एसेट पनि जेनेरेट गर्न सक्नु भएको छ । कारोबार गर्न सक्ने पोजिसनमा पनि पुगिसक्नु भएको छ । इन्डिभ्युज्युअली दुई जना केटाहरु थिए । दुई जना केटाहरु नै इन्डिपेन्डेन्टली त्यस्तो गर्न सक्ने भइसक्नु भयो । भनेपछि जुन पैसा र इन्ट्रोप्रेनियरसिपको चाहिँ धेरै ठूलो पावर छ । त्यो मैले बुझेकै कारणले सानै रुपमा, जस्तो आज १ सय जनाले काम सुरु नै गरिसके ।

उहाँहरुको स्किल त बनाइदिनु भयो । स्किल फुल बनाइदिनु भयो । धितो चाहिँ माग्नु हुन्छ कि माग्नु हुन्न ?

त्यसमा हाम्रो प्याकेजमा पनि कस्तो छ ? भने सटेर्न लेभलसम्म हामी धितो नलिकन पनि काम गर्न सक्छौ । स्किल छ र काम गर्ने उहाँको क्यापासिटी छ भन्ने हामीलाई एकदम कन्फर्म भयो भने हामी धितो नलिइकन पनि काम गर्छौ ।

यत्ति राम्रो इनिसिएटिभ लिइरहनु भएको छ भोलिन्टियरली । सीएसआरको फण्ड या यहाँ त्यहिको पैसा खर्च गर्नुस् यो बैंकले गरेको राम्रै काम हो । तर तपाई बैंकिङ इन्ड्रस्ट्रिवालाहरु माथि आरोप छ । मान्छेको स्किल पत्याउनन् । योजना र सपनाहरुलाई पत्याउँनन् । धितो खोज्छन् । धितो भएपछि उसको सपना हुन् नहुन्, लगेर कहाँ खर्च गर्छ । त्यतातिर सोच्दै नसोचि पैसा पत्याउन तयार हुन्छन् तर मान्छेका सपनाहरुलाई विश्वास गर्दैनन् बैंकहरुले ।

मैले अघिनै हामीले माइग्रेन रिटर्नीहरुलाई पनि लोन दिइरहेका छौँ भने । त्यसमा हामीले धितो नलिइकन पनि काम गरिरहेका छौँ । र यसमा हामी धितो नलिकन पनि काम गर्न तयार थियौँ । गरिराखेको पनि हो । छ । कतिपय केसहरुमा छ । तर हाम्रो प्रोडक्ट चाहिँ के छ भने धितो नभइकन पनि गर्ने भन्ने हिसाबले हामीले प्रोडक्ट डेभलप गरेका छौँ । यो खालको सबैको भावनालाई हामीले चिर्दै पनि जानु पर्छ । र राज्यका लिगल संरचनाहरु पनि विस्तारै परिवर्तन हुँदै जानु पर्छ । सबैको बुझाई पनि परिवर्तन हुदैँ जानुपर्छ ।

एकातिर तपाई भन्नु हुन्छ, धितो नलिइकन धितो नभकन कसैले काम गर्न सकेन । आज अर्को वास्तविकता के छ ? भने यदि कुनै बैंकले ढिलो नगरिकन कर्जा दिएर त्यो कर्जा गलत गयो भने त्यो कर्मचारीलाई या इभन सीइओलाई पनि जसले कर्जा एप्रुभ गरेको छ । कुन ठाउँमा के-के भइरहेको छ ? थाहा छैन डकुमेन्टको आधारमा साइन गरेका सीईओलाई समेत लगेर जेलमा हामीले थुनेका छौँ । हाम्रो ल इन्फोर्मेसन अथ्योरिटीहरू पुलिस नै भनु या सीआइडी नै भनु । त्यहाँ धितो कमजोर भयो या धितो नलिकन तिमीहरूले मिलोमतो गरेर कर्जा दियौ भन्ने खालको त्यहाँ आउँछ ।

अदालतमा पनि निर्णय हुँदा कमसल धितोमा कर्जा दिएर बैंकलाई डुबायो भन्ने खालको त्यस्ता किसिमको कुराहरू पनि छन् । अब यो हाम्रो जुन संरचनाहरू छन् । हाम्रा लिगल न्यायायिक संरचनाहरूमा पनि एउटा बुझाई चाहियो । र त्यहि खालका कानुनहरु पनि त्यहि हिसाबले परिमार्जित हुँदै जानु पर्यो । आज बैंकिङ कसुर तपाईले हेर्नु भयो भने धितो नलिइकन दिएर कर्जा डुबेको छ भने असल नियतले नै गरेको भए पनि तपाईलाई लगेर जेल हाल्छन् ।

अनेस्टली काम गरिरहेका कतिपय साथीहरु जेलमा हुनु हुन्छ होला । जेलमा हुने अवस्थाबाट बल्ल बल्ल पार पाएर अझै पनि स्ट्रेसमा हुनु हुन्छ । फेरी केसहरु १,२, ३, ४ महिनामा रिसल्भ हुँदैन । वर्षौ लाग्छ । ७, ८ वर्ष लाग्न सक्छ । करियर नै खत्तम हुन्छ । यो सबै कुरालाई बुझ्न सक्नु पर्यो नम्बर वान । अर्को कुरा बैंकहरुले धितो नलिइकन कर्जा दिनको लागि अरु सिस्टम छ नि त । हाम्रा अर्थतन्त्रका अरु सिस्टमहरु पनि परिवर्तन हुनु पर्छ । जस्तो आज कुनै व्यापारीले कुर्न व्यापार गरेको १ करोडको कारोबार गर्यो भनेर भनेको छ भने रेकर्डमा कति देखिन्छ त ? १ करोड नै देखिन्छ कि ।

२० लाख देखिन्छ कि ? २ करोड देखिन्छ ? यी कुराहरु अरु सबै संरचनाहरु छन् नि, व्यवस्थाहरु । त्यसमा आमुल परिवर्तन हुन जरुरी हुन्छ । भन्सारको मूल्यांकनदेखि अरु सबै बिक्री भइसकेर बिक्रीका रेकर्ड हुने र अरु कति स्टक छन् ? अथवा अरु कति ठाउँमा डेटाहरु छन् ?  भन्ने कुराहरु जुन डिक्लेरेसन हुन्छ । ती जम्मै कुराहरुमा ट्रान्सफरेन्सी र डिस्क्लोजरका कुराहरु छन् नि । बैंकहरुको महिना दिन कै रिजल्ट निस्किरहेको छ । भनेपछि त्यो ट्रान्सफरेन्सी र डिस्क्लोजर चाहिँ हरेक व्यापारीहरु सानो होस् या ठूलो होस् ।

त्यसलाई ट्रान्सफरेन्सी हुने खालका वातावरण तयार हुनु पर्यो । ट्रान्सफरेन्ट किसिमका जुन डाटाहरु छन् । ती डाटाहरुलाई हामी सबैले यो ठिक हो भनेर विश्वस्त हुने आधारहरु भयो भने बैंकहरुले कोलाटरल नलिइकन कर्जा दिन सक्ने अवस्था डेफिनेट्ली छ । त्यो खालको अवस्था क्रिएट गर्नुपर्छ । हिजोको दिनमा पनि मैले कति कर्जा धितो नलिइकन नै दिएको छु । मैले त्यो ३, ६ लाख कै कुरा गरे नि त्यो बेलाको । तर ती कर्जाहरु क्यास फ्लोको बेसिसमा व्यवसायको बेसिसमा हुनु पर्छ ।

व्यवसाय डुबेनन् । मैले राम्रोसँग दिएको थिए । पहिलाका कल्चर पनि राम्रो थियो । लोन तिर्ने कल्चर राम्रो थियो । अहिले त कल्चर पनि विस्तारै हराउँदै गइरहेको छ । त्यो बेला कुनै कर्जा त्यसरी डुबेको भए मलाई धेरै किसिमका आक्षेप आउथे ।

त्यसो भए त हामी बडो विरोधाभासबाट बाचिरहेका रहेछौँ । हाम्रा कानुनहरु र त्यसलाई कार्यान्वयन गर्ने तत् निकायका नेतृत्वकर्ताहरु एउटा दिशामा फर्किए भने, खबरदार धितो नलिइ ऋण दियौँ भने भोलि जेल हाल्छु भन्दा रहेछन् । अर्को तिर फर्कियो भने तिमिहरु धितो नै नदिइ ऋण नै दिदैनौँ । देशमा उद्यमशीलता कसरी बन्छ । रोजगारी कसरी आउँछ ? उद्योग कलकारखाना कसरी खुल्छन् । अनि हाम्रा युवा कहाँ यहाँ बस्छन् । विदेश गएरहेका छन् यो त तिमीले गर्दा हो भन्दा रहेछन् है ?

मेरो आफ्नो बैंकिङको स्कुलिङ भनेको चाहिँ के हो ? भने हरेक बरोअरको उसको आर्थिक स्थिति हेरेर उ कता जादैँ छ ? भनेर राम्रोसँग हेरेर एनालाइज गरेर, उसको क्यास फ्लोको बेसिसमा लगानी गर्ने मेरो स्कुलिङ हो । म इन्टरनेश्नल बैंकिङलाई फलो गरिरहेको हो । मेरो स्कुलिङ भनेको म कुनै बेला ट्रेनिङमा जाँदा खेरी पहिला सुरु ट्रेनिङका आइटमहरु के हुन्थे भने व्यालेन्ससिटलाई एनालाइसिस गर्ने । क्लास फ्लो एनालाइसिस गर्ने ।

त्यो हाम्रो ट्रेनिङको ७५, ८० प्रतिशत चाहिँ मेजर यो खालको ट्रेनिङ हुन्थ्यो । म त्योबाट आएको हुँ । मलाई भाग्यले सपोर्ट गरेर मैले दिएका लोनहरु नडुबेको कारणले मलाई कुनै आक्षेप आएन । डुबेको भए त मलाई धेरै आक्षेप आउँथे होलान् । त्यसैले मलाई एकदमै विश्वास छ कि हामी क्यास फ्लो बेसिस लेन्डिङ गर्ने । बिजनेसलाई लगानी गर्ने विषयमा चाहिँ मलाई एकदमै विश्वास छ । त्यो कुरा हामीले अहिले पनि गरिरहेका छौँ ।

त्यो खालको इन्भारमेन्ट, त्यो खालको रेजिन हामीले क्रिएट गर्न सक्नु पर्यो । तर अहिले राष्ट्र बैंकले १५ लाख रुपैयाँसम्मको कर्जामा चाहिँ धितो नलिइकन पनि गर्न सकिन्छ भनेर सटेटमेन्ट स्किमहरु आइरहेको छ । हाम्रो बाफियाले चाहिँ के भन्छ ? भने चल अचल सम्पत्ति राखेर दिन पाइन्छ । भनेको छ । हामीले अचल सम्पत्ति राखेर दिएका छौँ । चल सम्पत्ति राखेर पनि दिएका छौँ । चल सम्पत्ति त रिकग्जनाइज गरिएको छैन । कानुनले दिएको छ तर प्राक्टिसमा चाहिँ सबैको बुझाई आज पनि मैले देखेको छु । लिगल प्राक्टिसरहरुसँग कुरा गर्दा खेरी उहाँहरुले धितो नदिइकन धितो कमसल राखेर चाहिँ कर्जा दिन पाइन्छ त ? डिपोजिटरको पैसा स्टेकमा राख्ने ? भन्छन् ।

सर्टेन लेभलको डिपोजिटरको पैसा स्टेकमा हुन्छन् । रिक्स बिजनेस हो । आज एनपीए (खराब कर्जा) लेभल ४, ५ प्रतिशतको हारहारीमा गइसकेको छ । त्यो के हो त ? भने यो त कस्ट अफ बैंक बिजनेस हो । काम गरिसकेपछि कतिपय काम गलत जान्छ । स्टार्टअप बिजनेस कसैले गरिरहेको छ भने इन्टरनेश्नली तपाईले हेर्नु हुन्छ भने १० प्रतिशत मात्रै सफल हुन् भन्छन् ।

९० प्रतिशत त गलत जान सक्दो रहेछ नि त । भनेपछि यी रियालीटिजहरुलाई हामीले एक्सेप्ट गर्नुपर्छ । हामी बैंकले पनि एक्सेप्ट गर्नुपर्छ र आजको दिनमा कतिपय केसमा हामीले धितो नलिइकन नै काम गरेका छौँ । यो आक्षेप चाहिँ गलत हो । हो, हामीले धितो नलिइकन काम गरेको चाहिँ कस्तो छ ? भने स्टाबिलिस बिजनेसहरुमा धितो नलिइ काम गर्न सक्छौँ ।

जाजरकोटको सडक छेउमा दुई रोपनी जमिन भएको एउटा नव जवान मसँग एक लाख रुपैयाँ पैसा छ । म ५० वटा बाख्रा पाल्छु । ५० वटा लोकल कुखुरा पाल्छु । मेरो घर छेउमा मुल बाटो हो । सडकमा सवारी साधन आवात जावत हुन्छन् । यो ट्रान्जिक्ट पोइन्ट हो । म यहाँ एउटा होटल चलाउछु र भात बेच्छु । मैले दैनिक या मासिक रुपमा यत्ति भात बेच्न सक्छु । यत्ति कुखुरा उत्पादन हुन्छ । मेरो कमाई यत्ति हुन्छ भनेर एउटा फर्म दर्ता गरेर तपाई कहाँ आयो भने तपाईहरु ऋण दिनु हुन्छ ?

पठाइदिनु, म तुरुन्तै ऋण दिन्छु । उहाँसँग कुरा गरेर उहाँको इन्टेन्सन क्लियर हुनुपर्छ । र उहाँले यो काम गर्न सक्नु हुन्छ भन्ने मलाई लाग्छ । उहाँले त्यो काम गरिसकेपछि त्यस्का जुन प्रोडक्टहरु छन् । उहाँले त्यो बेच्न सक्नु हुन्छ । त्यसको लागि मार्केट छ भन्ने कुरामा बैंक विश्वस्त भयो भने वीथ आउट कोलाटरल पनि बैंकले गर्छ । त्यो त म ग्यारन्टी दिन्छु तपाईलाई ।

भनेको स्थानीय तहहरुले त्यस्ता युवाहरुलाई ट्रेनिङ दिनु पर्ने रहेछ अब । स्किलफुल बनाउनु पर्ने रहेछ ।

त्यहि भएर इन्ट्रोप्रेनियरसिपको कुरा जोडदै छु नि मैले । नबिल स्कुल अफ सोसल इन्ट्रोप्रेनियरसिप कै कुरा । यो सातै विकास क्षेत्रमा हामीले गर्दैछौँ । अहिले ११, १२ सेन्टर भइसकेको छ यसको । त्यसलाई रि-इम्फोर्स गर्नको लागि लोकल अथ्योरिटी पनि त आउनु पर्यो नि । जस्तो आज मुनिसिपल कोअपरेसनहरु, गाउँ विकास समितिहरु उनीहरुले चाहिँ ल तपाईहरु आउनु पर्यो ।

तपाईहरु कर्जा दिनुस् । यस्ता मानिसहरुलाई हामी सहयोग गर्न तयार छौँ । यस्तो यस्तो किसिमका सहयोग गरिदिन्छौँ भनेर मान्छेहरु आओस् न हामी गर्छौ । हामीले कतिपय केसहरुमा विकास समितिहरुसँग अग्रिमेन्ट गरेर पनि अगाडि बढेको केस छ तर त्यहाँबाट त्यति सहयोग चाहिँ मैले पाइरहेको छैन । हाम्रै बैंकले नै गरेको कुरा हो । बैंकको इनिसिएसनमा उहाँसँग मसँग प्रोडक्ट छ । हाम्रो बैंकले त सस्टेनेबल बैंकको त इनिसिएटिभ सुरु गरिसकेको छ ।

सस्टेनेबल बैंकिङका प्रोडक्टहरु यत्रो ल्याइसकेको छौँ । एउटा क्लाइमेट चेन्जसँग रिलेटेड र अर्को सोसल इम्प्याक्ट दिने खालको चाहिँ प्रोडक्टहरु हामीले ल्याइसकेका छौँ । माइग्रेन रिटर्नीको लागि होस् या अथवा वमन इन्ट्रोप्रेनियरहरुको लागि होस् । अथवा अरु कृषिको लागि । सबैको लागि हामीले प्रोपडक्ट त ल्याइसकेका छौँ । तर त्यसलाई उपभोग गर्ने अवेरनेसको कुरा चाहियो ।

त्यसमा ट्रेनिङ चाहियो र अरु खालका सिस्टमले सपोर्ट गरिदिन पर्यो । र भोलिका दिनमा चाहिँ गलत जान्छन् । अघि मैले भने स्टार्टअपमा ८० देखि ९० प्रतिशतमा स्टार्टअपर फेल हुन्छन् । फेल भयो भने बैंकलाई तैले कर्जा दिएको थिइस् । भनेर बैंकलाई लगेर थुन्ने काम भएर त भएन ।

तपाईले त आफ्नो जिवनमा थुप्रै मान्छेहरु सतहबाट संघर्ष गरेर उठ्दै उठ्दै स्थापित भएको पनि देख्नु भएको छ । उठ्दै उठ्दै गर्ल्याम गुर्लुम ढलेर फेरी सडक मै पुगेको पनि देख्नु भएको छ, है ?

छ, मैले देखेको छु । तर म आजको दिनमा लकिल्ली भन्छु । मैले पहिला स्टान्डर्ड चार्टर्ड बैंकमा १४ वर्ष काम गरे । त्यो बैंकमा काम गर्दा खेरी जस्तो कार्पेट सेक्टर भन्ने छ । त्यो गुल्जार कस्ले बनायो त ? त्यसलाई हामीले ३, ४ लाख स्क्वायर मिटर कार्पेट एक्सपोर्ट भइरहेको ठाउँबाट ४० लाख स्क्वायर मिटरसम्म पुर्याएको बैंक हामी हौँ ।

त्यो बेलामा कोलाटरल नै खोजेको हो भने ४० लाख स्क्वायर मिटर पुग्दैन थियो । कोलाटरल नलिइ पनि हामीले काम गरेका छौँ । एउटा इन्टरनेश्नल बैंकिङ प्राक्टिस फलो गरेर उनीहरुका बिजनेस राम्रोसँग हेरेर, क्यास फ्लो हेरेर हामीले काम गरेको कारणले गर्दा खेरी एउटा कर्जा पनि गलत गएन । त्यसमा म गर्भ गर्छु । त्यसपछिको अवस्थामा म सीईओ भएर एनएमबी बैंकमा गए ।

दुई, चार वटा अप्पठ्यारा केसहरु पनि ह्यान्डल गरिए । तर मैले लस नै भएर यो राइट अफ नै गर्नुपर्यो भन्ने कुरा चाहिँ मैले एनएमबीबाट रिटाएरमेन्ट लिएको ८ वर्ष भयो । त्यो ८ वर्ष अगाडिको अवस्थामा पनि मैले राइट अफ नै गर्नु परेको त्यस्ता साना तिना नगन्य होलान् । मलाई अहिले सम्झना पनि छैन ।

कुनै बेला त्यस्तो गुल्जार भएको तपाईहरुका लगानीका कारणले त्यत्रो निर्यात गर्न सकेको क्षेत्र त्यसपछि स्लो डाउन हुँदै आएको यो अवस्थामा चाहिँ के कारणले आएछ ? यसले केके सपोर्ट पाएन ? वा त्यसका प्राक्टिनरहरुले केके गल्ती गरे र यो दुर्दशा आइपुग्यो ?

त्यसमा जस्ले चाहिँ त्यो व्यवसायलाई यो मेरै व्यवसाय हो भने जस्ले सुरु गर्यो नि त्यसलाई हामीले चिन्न सकेनौँ । मैले त चिने । यज अ बैंकर । तिनीहरुलाई सपोर्ट गरेर नै म अगाडी गएको हो । तर जस्तो कार्पेट भन्नु हुन्छ भने यहाँको छुट्टै किसिमको प्रोडक्ट हो । नेपालको एउटा चिनारी दिने प्रोडक्ट थियो । हामी चिनारी दिने भन्दा पनि त्यसलाई भोलुम बढाएर त्यो व्यवसायलाई बिगार्ने पट्टि चाहिँ ट्रेडिङमा मान्छेहरु लागे । पहिला चाहिँ प्रोडक्सनमा मात्रै थिए ।

कार्पेट कै कुरा गर्दा खेरी म्यानुफ्याक्चर गर्ने र एक्सपोर्ट गर्ने जुन बेस थियो नि त्यो एकदमै स्ट्रङ थियो । क्वालिटी पनि मेन्टेन गरेको थियो उनीहरुले । उनीहरु आफैँ डिजाइनर थिए । उनीहरु आफैँ इन्ट्रोप्रेनियर थिए । त्यस्लाई हाम्रो एउटा स्पेसल प्रोडक्ट धरोहरको रुपमा हामीले मेन्टेन गरिराखेका थियौँ । तर पछि गएर यो ट्रेडरहरु चाहिँ विस्तारै विस्तारै त्यसमा घुस्न थाले । ट्रेडरहरु घुस्न थालेपछि अनि क्वालिटीहरु डिटराइट हुन थाल्यो ।

अनि कुनै बेलामा ६० डलरको कार्पेट एक्पोर्ट गर्दा खेरी २० डलर नाफा गर्थे भने पछि २,३ डलरको मार्जिनमा कार्पेट बिक्री गर्न सुरु हुन थाल्यो । आज भुटानको टुरिजम हेर्ने हो भने क्वालिटी मेन्टेन गरेर उनीहरुले एक हिसाबको काम गरिरहेका छन् भने म त्यहि लेभलमा जानु पर्छ भनेको चाहिँ हैन । हाम्रो कार्पेटको जुन क्रेज थियो नि त्यो क्रेज चाहिँ हामीले विस्तारै-विस्तारै डाइल्युट गर्दै गयौँ । इन्डियामा म्यानुफ्याक्चरिङ गर्दा पनि नेपालको कार्पेट भन्दा एक्पोर्ट हुन थाल्यो ।

बंगलादेशमा पनि त्यहि गर्न थाल्यो । त्यतिसम्म पनि हामी म्यानेज गरिरहेका थियौँ । बायरहरुसँग राम्रो रिलेसन राखेरै मेन्टेन गरिरहेका थियौँ । क्वालिटी कार्पेट लिने मान्छेहरुको कमि थिएन । तर पछि के भइदियो ? भने माओवादी द्ववन्द्पछि कार्पेटमा काम गर्ने सबै युवाहरु थिए । उनीहरुलाई माओवादी द्वन्द्वमा जोइन्ट गराउन धेरै प्रेस गरायो । त्यसपछि उनीहरु विस्तारै-विस्तारै विस्थापित हुन थाले ।

उनीहरु पलायन हुन थाले । अनि यो माइग्रेन वरकरहरु बाहिर जाने ट्रेन पनि त्यहिबाट सुरु भएको हो । त्यसले हामीलाई अहिले फरेन एक्सचेन्जको इन्कम दिइरहेको छ । त्यो अर्को पाटो होला । त्यो त केही क्षणका लागि भयो । मैले अहिले रियल इकोनोमिको बारेमा कुरा गरे । त्यो चाहिँ डबल रियल इकोनोमिको कन्ट्रीब्युसन थियो ।

त्यतिबेला गार्मेन्टको यस्तो राम्रो मार्केट थियो । अब अहिले त्यसै गरेर म्यासिभ यो एरियामा लगानी गरौँ केही वर्ष । पछि बिग्रेछ भने पनि हामी लाभ उठाउँन सक्छौँ भन्ने केही एरियाहरु हेर्नु भएको छ कि नाई ?

हामीले आफ्नो जति पनि धरोहर छन् । हाम्रो स्ट्रेन्थ भएका जति पनि प्रोडक्टहरु छन् । त्यसलाई रिभाइभ गर्न हामी सक्छौँ । त्यहि कार्पेट पनि गइरहेको छ नि त एक लेभलमा अहिले पनि । तर अब हामी क्वालिटीमा मेन्टेन गरेर । फेरी मार्केट भनेको पनि कस्तो हुन्छ ? भने एक लेभलमा त्यो मार्केट गुमाइसकेपछि त्यसलाई फेरी गेन गर्न गाह्रो हुन्छ । तर हामी त्यसमा कन्ट्युसनल्ली लागिरहन सक्यौँ भने त हामीले गर्न सक्छौँ ।

जस्तो अस्ति पाँचथरको कार्पेट चाइनाले लिन थाल्यो कोभिड पछि । त्यहाँ कार्पेट बुन्न थाल्यो भनेर समाचार पनि आएको थियो । त्यो कुरा हामीले किन आइडेन्टिफाइ गर्न सकेनौँ त । ती कार्पेटहरु काठमाडौंसम्म या अरु दुर दराजमै भए पनि अरु हेलि एरियामा हामीले ती कार्पेटहरु बुनाउन किन सकेनौँ त ?

आजको दिनमा अर्थतन्त्रलाई दुई वटा एंगलबाट हेर्ने भयौँ । आन्तरिक अर्थतन्त्रलाई कसरी बलियो बनाउँने भन्ने ? एउटा निर्यात प्रवर्धन होला । अर्को आयात प्रतिस्थापनको पार्ट । यहाँ चाहिँ बैंकहरुलाई अझ थप राम्रो गर्नको लागि अहिलेसम्म जे जे भूमिका निभाइएको छ । निभाइएको छ । ट्रेडिङ हावी भन्ने आएको छ । आयात प्रतिस्थापन र निर्यात प्रवर्धनलाई बैंकहरुलाई कहाँ निर लगेर जोड्न सक्यौँ भने यसले अलि राम्रो रिजल्ट दिन्छ ?

यसमा तपाईले हाम्रो ट्रेनभन्दा धेरै फरक कुरा गर्यो भन्नु होला । यज अ बैंकहरुले पनि सोच्नु पर्ने अवस्था के आइसकेको छ ? भने म त यो कन्सेप्टको हिसमायति पहिलेदेखि नै हुँ । ८, ९ वर्षदेखि नै यो कन्सेप्टलाई अगाडि बढाएर हिडिरहेको बैंकर हुँ । त्यहि भएर यस्ता कुराहरु माइग्रेन रिटर्नीलाई सार्पेट गर्ने अथवा यता सस्टेन बैंकिङ तिर लाने जुन कुराहरु आए तीनै कारणले हुन् ।

हामी यस अ बैंकले पनि के गरेमा हुन्छ ? भने हामीले गरेको कामबाट कुन किसिमको इम्प्याक्ट भयो त ? समाज, पर्यावरण, इकोनोमिलाई कुन किसिमको इम्प्याक्ट भयो भन्ने कुरा हामीले नसोचिकन काम गर्यौँ । हिजोको दिनसम्म । आजको दिनमा पनि हामी कहि न कहि गइरहेका हुन्छौँ । हामीले एउटै कुरा के सोच्यौ भने देखि हाम्रो बैंकलाई एक लेभलको स्वच्छ राख्नु पर्छ । र हाम्रो सेयर होल्डरहरुको जुन इनभेष्टमेन्ट छ ।

त्यसको रिटर्न र हामी आफ्नो स्टाफको पे हरु राम्रो होस् भन्ने हिसाबले मात्रै हामीले सोच्छौँ । यो कुरा म प्रष्ट भन्छु । धेरै मान्छेले यस्ले के कुरा गर्यो भनेर एग्रि नगर्नु होला । तर हिजोको दिनसम्म हामीले गरिरहेको त्यहि नै हो । हामीले एउटा स्टेक होल्डरहरुलाई मात्रै सोच्यौँ । आज हाम्रो देशको समस्या नै त्यहि छ । आज पोलिटिक्समा लागेकाहरु पनि आफैँलाई सोचिरहेको छ । भोटरले यो के चाहिन्छ ? अर्को स्टेपमा चुनावमा जाँदा खेरी मैले कसरी जित्छु ? भनेर मात्रै सोचिरहेको छ ।

बैंकहरुले पनि सेयर होल्डरहरुको रिटर्नी चाहिँ कसरी बढी दिने ? भनेर मात्रै हामीले सोच्यौँ । अब हुनु पर्ने के हो ? भने हामीले गरेको कामको असर हरेक क्षेत्रमा पोजेटिभ हुनुपर्छ । भन्ने हामीले सोचेको भए रियल इकोनोमिमा फोकस गरेर लागनी गथ्र्यौ । रियल इकोनोमि भन्ने वित्तीयकै गुड्स एण्ड सर्भिसेस प्रोडक्सन गर्ने एरियामा लगानी गथ्र्यौ । गुड्स एण्ड सर्भिसेस जेनेरेट गर्नेमा फोकस गरेर लगानी गरेको भए आज यस्तो अवस्था आउथ्यो ?

सबैले सेयरहोल्डरको हितलाई प्राथमिकतामा राख्यौँ बैंकरले । भन्नु भयो । सेयरहोल्डरले स्वाभाविक रुपमा त्यहि लगानी गरिहाल्छ । तपाई पनि नबिल बैंकको चियरम्यान । हामीले धेरै मान्छेहरुसँग कुरा गर्दा बैंकले कति रिटर्न दियो ? भने औषतमा त्यसलाई रिजनेबल मान्ने ? भनेर प्रश्न गर्दै आएका छौँ । त्यसको फरकफरक उत्तर पाएका छौं । तपाईलाई पनि यहि प्रश्न । बैंकहरुले हरेक वर्ष कति रिटर्न दिए ? भने तिनका लगानीकर्ताहरुको पनि हित प्रर्वद्धन हुन्छ र हामीले मल्टिपल इफेक्ट सोसाइटीमा कहाँ कहाँ पार्नु पर्ने हो ? भनेर छलफल गर्यौँ । त्यो सबै ठाउँमा गुण इम्प्याक्ट पर्छ । कति हो त्यो नम्बर ?

हामीले दिएको रिटर्न भन्ने कुरा छ नि । त्यो सेयर होल्डरलाई मात्रै दिएको रिटर्नबाट हामीले मापन गर्ने होइन । इम्प्याक्ट मेजरमेन्ट भनेको चाहिँ फरक ढंगले गर्नुपर्छ । त्यो चाहिँ तपाईले सोसाइटीलाई कसरी अपग्रेड गर्नु भयो । त्यो एउटा सोसल मेजर हेर्नु पर्छ । पर्यावरणलाई अझ प्रदुषित हुन दिनु भएन । त्यो पनि एउटा इन्प्याक्टका कुराहरु होलान् ।

हामीले जुन प्रोडक्टिभ सेक्टरमा लगानी गर्छौँ । अर्थतन्त्रमा लगानी गर्छौ । त्यसले गर्दा जुन रोजगारीहरु सृजना भइरहेको छ । रोजगारीहरु सृजना भएको कारणले बाहिर गएका युवाहरुलाई यहाँ रिटेन्ट गर्नमा पनि कन्ट्रिव्युसन गर्यौँ भने त्यो अर्को बटम लाइन हो । बटम लाइन भन्ने वित्तीय कै प्रोफिटलाई मात्रै भन्छौँ भने देखि अब बटम लाइन भन्दा त्यो खालका इम्प्याक्टलाई पनि बटम लाइन भन्नु पर्ने अवस्था आइसक्यो ।

किनकि त्यो फिचर्स रिलेटेड छ । जब हामी एउटा स्टेक होल्डरलाई मात्रै सोच्छौँ । अरु स्टेक होल्डरहरुलाई नसोचिकन गर्छौ । भने त्यो सर्ट टर्म भ्यु हो ।

यो सबै तिरको इम्प्याक्ट चाहिँ कहाँ कहाँ कति पारियो ? भन्ने कुरा चाहिँ हामीले सेयर होल्डरहरुको महत्त्वकांक्षीलाई कति नम्बरमा रोक्न सक्यौँ भन्ने कुराले अन्त कति सकारात्मक प्रभाव पारियो ? भन्ने कुरा रहँला । त्यसैले मैले तपाईलाई नम्बरमा लगेर जोड्न खोजेको हो ।

यो हाम्रो बैंकको मात्रै कुरा हैन । अरु व्यवसाय गर्ने प्राइभेट सेक्टरका अरु इन्ड्रष्ट्रिज रन गर्नेहरुको लागि पनि यो बटम लाइन हो । यो सोसल इम्प्याक्टहरु उनीहरुको लागि

पनि बटम लाइन हो । पर्यावरणको इम्प्याक्ट उनीहरुको लागि पनि बटम लाइन हो । मेरो बैंकको मात्रै हैन । अब बैंकले डेफिनेट्ली सोच्नु पर्छ । बैंकले यो त्रिपल बटम लाइनको हिसाबले म व्यवसाय गर्छु भनेर सोच्नु पर्ने अवस्था आइसकेको छ । अब त्यहाँबाट हामी पछाडि जानु हुदैँन । जब त्रिपल बटम लाइनको सोच्दै जान्छौँ नि ।

त्यसपछि कस्तो हुन्छ भने तपाईको कन्सिसटेन्टली रिटर्न आउँछ । आज तपाइको रिटर्न घट्यो भन्नु हुन्छ नि । अब रिटर्न घटेको चाहिँ यो हामीले एउटै बटम लाइनको बारेमा सोचेको कारणले आजको यो अवस्था आएको हो । हुन त अरु माइक्रो फ्याक्टरहरु चाहिँ धेरै छन् । तर बैंकको पार्टबाट पनि एउटा बटम लाइनको मात्रै सोचेको कराणले गर्दा आजको यो अवस्था आएको हो । यो भन्नलाई म हिचकिचाउँन्न । तर जब रिटर्नको कुरा आउँछ, रिनर्टको कुरा चाहिँ कस्तो हुनुपर्छ भने कन्ट्रीको डेभलपमेन्टको स्टेज अनुसारको रिटर्नहरु फरक-फरक हुन सक्छ ।

कुनै कन्ट्रीको इन्फ्लेसन अलिकति डेभलपम नभइसकेको कन्ट्रीहरुको इन्फ्लेसन रेटहरु चाहिँ बढी हुन्छ । इन्फ्लेसनको रेट भन्दा माथि जानु पर्छ । अरु व्यवसायभन्दा बैंकले बढी रिक्स लिइराखेको हुन्छ । त्यो रिक्स लिइराखेको कारणले भोलिको दिनमा कुनै किसिमका रिक्सहरु आउँदा खेरी त्यो रिक्सको इम्प्याक्ट आउँछ । त्यो रिक्सलाई हामीले एबजर्भ गर्न सक्ने क्यापासिटीको लागि अलिकति बैंकको रिटर्न अलिकति बेटर हुनु पर्छ । किनकि आज हामीले गरिसकेकै प्रोफिटमा पनि २० प्रतिशत हामी रिजर्भमा राख्छौँ ।

किनभने त्यो रिक्स भोलि गएर एबजर्भ गर्न सकोस् भनेर हाम्रो रेगुलेटर सेन्ट्रल बैंक राष्ट्र बैंकले त्यो खालको प्रावधान राखेको छ । त्यो एकदमै राम्रो कुराहरु हो । आज कुनै पनि बैंक लगभग १५ देखि २० प्रतिशतको रिटर्नमा चाहिँ काम गर्न सक्नु पर्छ । त्यो भयो भने अहिले इन्फ्लेसन ६, ७ प्रतिशतको हारहारीमा छ । भनेर हामी भनिरहेका छौँ । किन छ ? भने इकोनोमिक एक्टिभिटी नै कम छ । डिमान्ड नै कम छ । डिमान्ड कम भएपछि प्राइजहरु कम भइरहेको हुन्छ । भोलि इकोनोमिक एक्टिभिटी बढ्दै जाँदा मान्छेको हातमा पैसा हुँदै गयो ।

मान्छेले खर्च गर्न थालिसकेपछि फेरी त्यो इन्डेक्स विस्तारै बढ्दै जान्छ । हाम्रा पहिलाका डाटाहरु हेर्नु हुन्छ भने हाम्रो इन्फ्लेसन रेट चाहिँ अलिकति बढी थियो । तर इन्डिया स्ट्रङ भएको र इन्डियाको इन्फ्लेसनको कारणले पनि हाम्रो इन्फ्लेसन ब्लेसिङ एण्ड डिस्गाइड भइरहेको छ । किनकी त्यहाँबाट नै हामीले सामनहरु लिइरहेका छौँ नि । त्यस्ले गर्दा हाम्रो इन्फ्लेसन कन्ट्रोलमा हामी छौँ । तर अलिकति कन्ट्री सेफ्ट पोइन्टमा नपुगुन्जेल एउटा डेभलपमेन्ट स्टेजमा, हरेक एङगलबाट सेफ्ट पोइन्टमा नपुगुन्जेल त्यो खालका सक्सका चाहिँ इभेन्टहरु आउँन सक्छ ।

त्यसलाई एबजर्भ गर्नको लागि पनि जस्तै, मैले काम गरिराखेको इन्टरनेश्नल डेभलपमेन्ट बैंक छ । उ चाहिँ टोटल्ली कन्ट्रिव्युट्ली फिलोसोफिमा अगाडि बढेको डेभलपमेन्ट बैंक हो । जस्तो नेदरल्याण्डको एफएमओ भन्ने छ नि । अहिले एनएमबी बैंकमा मेजर इनभेष्टमेन्ट छ । एफएमओको सीईओको मैले एउटा बुक पढेको थिए । उस्ले के भनेको छ ? भने मलाई ६ प्रतिशतको रिटर्न भए पुग्छ । इन्फ्लेसन १, २ प्रतिशत मात्रै होला ।

बैंकहरुले स्थानीय तहसँग त्यत्रो ठूलो रिसोर्स छ । उनीहरु पनि देश बनाउन । नागरिकको जिवनस्तर उठाउन कहि न कहि भूमिका खेलौं। भनिरहेका हुन्छन् । तपाईहरु ऋण दिदाँ क्वालिफाइट स्किलफुल मान्छे धेरै पाइनौँ भनेर पिर गरिरहनु भएको हुन्छ । उनीहरुसँग जोडेर थप के के गर्न सक्छन् यो मामिलामा ?

यसमा हाम्रो सबैभन्दा समस्या के छ ? भने हाम्रो आफ्नो देशका स्ट्रेन्थ छन् । लोकल इकोनोमि हाम्रो स्ट्रेन्थ पनि हो । लोकल इकोनोमिलाई बुस्ट गर्नको लागि तिमीहरुले के गर्छौ ? भन्ने कुरा चाहिँ उनीहरुलाई देखादिन पनि जरुरी छ । र कसरी गर्न सकिन्छ ? भन्ने कुरा पनि देखाउन जरुरी छ । जस्तो गाउँको मान्छेहरुले गाउँको खेत देखेको छ । खेति देखेका छन् ।

आफ्नो सर्टेन लेभलमा खेती मात्रै गरेका छन् । कमर्सियल हिसाबले अलिकति बेचेर पनि आम्दानी गर्न सक्छन् । खान बाहेक म अलिकति बेचेर पनि इन्कम गर्छु भन्ने खालको अथवा साना-साना उद्योगहरु गर्न सक्छु भन्ने खालको कुरामा त्यति जानरकारी पनि छैन होला । अबको अवस्थामा हामीले के गर्नु पर्ने अवस्था देखिएको छ ? भने राज्यले देशका हरेक क्षेत्रमा पोलिटेक्निक इन्स्टिच्युटहरु लगेर राख्ने । मान्छेहरुलाई ट्रेनिङ दिने ।

एउटा राज्यको पार्टबाट चाहिँ त्यो भने । इन्ट्रोप्रेनरसिपको डेभलपमेन्टको लागि धेरै इनिसिएटिभहरु भइरहेका छन् । तर गाउँ गाउँमा जान सक्नु पर्यो । इकोनोमिलाई टस गर्न सक्नु पर्यो । बैंकहरु पनि आफ्नो अफिसमा बसेर म व्यवसाय खोज्छु भन्ने भन्दा पनि बैंकहरु पनि इन्ट्रोप्रेनरसिप डेभलपमेन्टको कुरामा चाहिँ एक स्टेप अगाडि गएर फाइनान्सियल लिट्रेसीको जुन प्रोग्रामहरु छ ।

त्यस्लाई पनि अझ एक्सपान्ड गरेर उनीहरुलाई इन्ट्रोप्रेनरसिप तिर उत्प्रेरित गर्ने । डिपोजिट राख भन्ने मात्रै हैन कि अब इन्स्योरेन्स गर भन्ने कुरा मात्रै हैन कि कर्जा लियौँ भने ऋण तिर्नुपर्छ भन्ने मात्रै हैन कि अब यो यो कुरा गर्यौ भने कर्जा लिन सकिन्छ । कर्जा लिएर तिमीले यो काम गर्न सक्छौँ ? यो काम गर्यौ भने तिमी कहाँ जान सक्छौं ? एउटा भविष्य देखाइदिने खालका चाहिँ हाम्रो इनिसियटिभ हुनुपर्छ ।

सीएसआरको यत्रो ठूलो फण्ड छ इन्टाएर इन्ड्रष्ट्रिसँग । सात वटा प्रदेश छन् । एउटाएउटा स्किल डेभलपमेन्ट सेन्ट्रल खोलिदिउ । भन्न मिल्दैन ?

नबिलले एक लेभलको नबिल स्कुल अफ सोसल इन्ट्रोप्रेनरसिप भनेर सुरु गरेर एक लेभलको काम गरि नै राखेको छ । पर्टिकुलरली युवाहरुलाई इन्ट्रोप्रेनसिपमा आकर्षित गरेर उनीहरुलाई सपना देखाइदिने काम भइरहेको छ । त्यसबाट इन्ट्रोप्रेनियरहरु पनि जन्मिरहेका छन् । अहिलेको हिसाबले ट्रेनिङ दिएकोमा हामीले १२ सय भन्दा बढीलाई हामीले दिइसकेका छौँ ।

तीमध्ये १०० जना चाहिँ इन्ट्रोप्रेनरसिपमा गइसकेका छन् । आफ्नै व्यवसाय सञ्चालन गरिसकेका छन् । १० प्रतिशत जतिको कन्भर्ट चाहिँ भइरहेको छ । तर अरु पनि विस्तारै कन्भर्ट होलान् भन्ने हाम्रो एक्सपेक्टेसन छ । हामीले सय जनालाई ट्रेनिङ दियौँ । त्यहाँबाट १० जनै इन्टरप्रेनियरमा कन्भर्ट भएर उस्ले रोजगारी दिने अथवा प्रोडक्सनमा जाने हो भने पनि त्यो राम्रो कुरा हो । र अर्को पोलिटिकलको चाहिँ दुई वटा फाइदा छ ।

पोलिटिकल्ली इन्सीच्युटहरु विभिन्न ठाउँमा राखिसकेपछि के हुन्छ ? भने त्यहाँका लोकलहरुले स्किल पाउँछन् । त्यो स्किल पाइसकेपछि हाम्रो बाहिर पनि मान्छे गइरहेका छन् नि त । स्किल लेभर पाइयो भने चाहिँ त्यहाँ बढी पैसा पाइरहेको हुन्छ । अन स्किल लेभर भयो भने कम पैसा पाइरहेको हुन्छ । अर्को हिसाबले पनि त्यहाँ फाएइदा छ । देश भित्र नै इन्टरप्रेनियर जन्माउनेको हिसाबमा देश भित्रै नै सिप डेभलप गर्ने कुरामा पनि एउटा काम होला ।

जस्तो इन्डियाबाट लेभर आएर काम गरिरहेका छन् । यहाँ सिप नभएर । तिनीहरुलाई रिप्लेस पनि गर्न सक्छौँ । इन्टरप्रेनरसिपमा गएन भने पनि इन्डियन लेभरहरुलाई यिनीहरुले रिप्लेस गर्न सक्यो भने फेरी यहाँ अर्को खालको कन्ट्रीव्युसन हुन्छ । अर्को बेनिफिट हुन्छ । तर यसलाई अझ ब्रोड बनाउनका लागि हरेक देशमा इनोभेसन स्टार्टअपका लागि इनोभेसन हबहरु स्टाबलिस्ट भइरहेको छ । जस्तो मैले अस्ति मात्रै इन्डियाको टामिलनाडु कि हबसँग मेरो कुरा भइसकेको छ ।

हामीले एउटा के एक्फ्लोर गरिरहेका छौँ ? भने गभरमेन्टसँगै कुरा गरेर एकेडेमीसँग लिंक गरेर हामी स्टार्टअपमा जानु पर्छ । त्यो इनिसिएटिभमा कुरा भइरहेको छ । त्यो कुन ठाउँमा जान्छ मलाई थाहा छैन । तर वृहत रुपमा इन्भेष्टमेन्ट गरेर त्यसको इन्भेष्टमेन्टको लागि फेरी मल्टिल्याटर, वाइल्याटर, एजेन्सीहरु पनि तयार हुन्छन् । किनकि मैले वल्र्ड वाइड देखेको छु । आइएफसी अथवा एडीबी जस्ता संस्थाहरु एफएमओ जस्ता संस्थाहरुले यो इनोभेसन हब स्टार्टअप इनिसिएटको लागि फ्याक्चरहरु तयार पार्नु पर्ने हुन्छ ।

अथवा टेक्नोलोजिहरु ल्याउने कुरा हुन्छ । नलेज ट्रान्सफर गर्ने कुरा हुन्छ । त्यसमा उनीहरुले सपोर्ट गरिराखेका छन् । अब यहाँ राज्य नै यसमा लाग्नु पर्छ । हाम्रो लागि त इन्ट्रोप्रेनियर तयार हुन्छ । बरोर तयार हुन्छ । फेरी त्यस्तो इनोभेसन हबमा चाहिँ विभिन्न देशका एक्पोर्टहरु आएर त्यहाँ डिस्कसनहरु हुन्छन् । सेमिनारहरु हुन्छन् । हामीले पनि धेरै कुरा सिक्छौँ ।

यहाँका एकेडेमिहरुले पनि सिक्छन् । अरु व्यवसायीहरुले पनि सिक्छन् । कसरी इन्डिकेटर गर्न सकिन्छ ? भन्ने कुरा सिक्न सक्छौँ । त्यो एउटा एब्सुलुट नेसेसरी मैले देखिरहेको छु ।

यति लामो कुरा गरिसकेपछि तपाईलाई फेरी नेपालको बैंकिङ क्षेत्रको आजको दुखको विषयमा प्रवेश गराउँन चाहन्छु । साढे ४ प्रतिशत एनपीएल भइसकेछ । यो कहाँनिर हिट भएछ ? केही मान्छेहरु भन्छन् राष्ट्र बैंकले डारेक्टेड लेन्डिङको व्यवस्था ल्यायो । यहाँतिर चाहिँ समस्या छ । किनभने जसरी पनि दिनु पर्ने भयो । बीएमले छिमेकीलाई बाड्ने भयो । माथिबाट प्रेसर आयो लौँ ऋण लगिदेन । भन्ने होला । ऋण शाखाको कर्मचारीले पनि एकदम प्रेसर छ । यत्ति नम्बर पुर्याउँनु पर्ने छ । यत्ति अमाउन्ट पुर्याउँनु पर्ने छ । यो लगीदे । अहिले लाँदै गर्नु, पछि मिलाउँला भनेको होला । यो चाहिँ कहाँनिर दुख हो ?

अहिलेका समस्या छन्, त्यो समस्या अहिलेको मात्रै हैन । अगाडिदेखि विस्तारै-विस्तारै विल्डप हुँदै गएका माओवादी द्वन्द्वदेखि विल्डप हुँदै गएका भुकम्प, कोभिडपछि विल्डप हुँदै गएका समस्या एकातिर छन् । अर्को तिर यहि डाइरेक्ट लेन्डिङका इस्यु पनि छन् । नभएको हैन । डाइरेक्ट लेन्डिङसँग सँगै हुनु पर्ने के थियो ? भने त्यता तिर क्पासिटि विल्डिङ गर्दै यतातिर डाइरेक्ट लेन्डिङतिर जानु पर्ने थियो । जस्तो अब कृषिमा लगानी गर्ने भन्ने कुरा आयो ।

कृषिमा कमर्सियलाइजेसन नभइकन कसरी गर्ने ? सब्सिडेन्ट लागि एउटा आफ्नो जिवनयापनको लागि मात्रै कसैले बरो गर्यो भने त लोन तिर्न नसक्ने अवस्था आउँन सक्छ । तर उनीहरुले कमर्सिलाइजेसनमा गइसकेपछि विस्तारै कृषिमा लगानी हुनु पथ्र्यो । कृषिमा जुन भ्यालु चेन इस्यु छ नि त्यो इफेक्टिभ बनाइसकेपछि कृषिमा लगानी गर भनेपछि भोलि गएर प्रोसेसिङको लागि लगानी हुन्थ्यो होला । बैंकहरुले कोल्डस्टोरको लागि लगानी गथ्र्यो होला । धेरै अरु जुसको लागि प्रोसेसिङ हुन्थे होलान् । प्रोडक्सन बढ्दै गइसकेपछि त्यो कुरालाई हामीले इस्युलाइज गरेनौँ अथवा धेरै एथेष्ट प्रोडक्सन भयो डेरिले लिन सकेन ।

इन्डिायाबाट दुधहरु आएर डिष्ट्रिव्युसन भइरहेको छ । सप्लाई भइरहेको छ । भन्ने पनि सुनिरहेको छ । त्यस्तो कुरालाई रोकेर यी इन्फ्रास्टक्चरलाई पनि डेभलप गरेर कृषिमा लगानी गर भनेको भए ठिक हुन्थ्यो होला । गर त भन्यो । जसरी गर गर । लगानी त गर्यो । लगानी गर्दा पनि मलाई अझ पनि के लाग्छ ? भने धितो छ, भइहाल्छ । लगनी गरौँ भनेर लगानी गर्यो ।

धितोले ऋण तिर्दैन । सुरक्षा मात्रै दिने हो । एक लेभलको समस्या त्यहाँबाट पनि आएको छ ।

अन्तिममा, नेपाल राष्ट्र बैंकले हामीले बैंकर र व्यवसायी छुट्याउँछौँ । कि बैंकका लगानीकर्ता भएर बस । कि व्यवसायतिर हात हाल । यता पनि उता पनि गर्न पाइन्न । ऐन संशोधन संसदमा पुर्याएको छ । त्यो ठिक कि बेठिक ? कति कारणले बेठिक या ति कारणले ठिक ?

कन्सेप्ट वाइज ठिक हो । यो सकेसम्म छुट्उँदा राम्रो हो । तर नेपालको सन्दर्भमा यो सम्भव छ त ? भन्ने कुरा चाहिँ छ । किनभने कुनै समयमा हामीलाई बैंकिङ इन्सट्युसनहरु चाहिएको थियो । बैंकमा चाहिँ ५१ प्रतिशत अथवा ७० प्रतिशत क्यापिटल राख्ने मान्छे त चाहिएको थियो त्यहाँ । तपाई हामी जागिरे त त्यहाँ पैसा राख्न सक्दैनौँ ।

त्यतिबेला प्राइभेट सेक्टरसँग पैसा थियो । व्यवसायीहरुसँग पैसा थियो । अनि उहाँहरुलाई हाल्न लगाइयो । त्यसपछि खोल्यौँ हामीले । खोलिसकेपछि अब जाउ भन्नको लागि त्यो सेयरहरु किन्ने कस्ले त ? उहाँहरुले आफ्नो व्यवसाय त छोड्न सक्नु हुन्न । अब त झन् बैंकको रिटर्न पनि कम भइसकेको छ । चाह्यो भने त उहाँहरु बाहिर जान चाहनु हुन्छ होला ।

फेरी त्यो भोलि सप्लाई भयो भने इकोनोमिमा अर्को डिस्ट्रक्सन आउँलान् । त्यो गढबढ सिच्युएसन पनि हुन सक्छ ।

५१ प्रतिशतको प्रमोटर सेयर भनेर कहि नभएको व्यवस्था हामी कहाँ मात्रै भयो अन्त त छैन भन्ने हामी जुन छौँ । त्यो हटाइदिएर सबै चाहिँ सेयर भनेको सेयर हो । पैसा भनेको पैसा हो भनिदियो भने यो समस्या समाधान हुन्छ । भन्दो रहेछ ?

अब बैंकहरु म्याचुअर भइसकेको छ । नयाँ बैंकको लागि फेरी त्यसो गर्दा समस्या हुन्छ । तर एक्जेस्टिङ बैंकहरुको म्याचुअरिटीको हिसाबले फेस म्यानरमा फेरी एकैचोटि फेस आउछ गर्न त दिनु हुँदैन । तर ५, १० वर्षको पिरियडमा १०।१० प्रतिशत फेज आउट गर्दै जाने अप्सन होला । तर यस्ले त्यति ठूलो समस्या ल्याएको छैन ।

बैंकको सुशासनमा यो बैंकर र व्यवसायी एउटै मान्छे हुँदा समस्या आएको हो ? तपाई त यत्रो लामो अनुभव लिनु भएको बैंकर हो ।

होइन । मैले चाहिँ प्राक्टिस गरेको हिसाबले भन्छु । त्यसले समस्या आएको छैन । किनभने म कहाँ कुनै पनि प्रपोजल आएको छैन । म यो बैंकको प्रमोटर हुँ मलाई पैसा देउ । तिमीलाई म दिन्छु भनेर कोही पनि आएको छैन । म त्यो आँखाले हेरिरहेको छु । तर केही २, ४ वटा केसहरु भएका होलान् ।

यसलाई व्यवस्थित गर्न जरुरी छ । तर यसलाई हटाउँनै पर्छ भनेर चाहिँ म भन्दिन । व्यवस्थित गर्नुपर्छ ताकि यस्ता खालका प्रेसरहरु नहुन् । एकले अर्कालाई मिलेर दिने खालका प्राक्टिसहरु हुन् । मैले ३८ वर्ष बैंकिङमा बिताइसके । त्यस्तो खालको इन्सिडेन्ट चाहिँ मेरो नलेजमा आएको छैन ।

लामो कुराकानी गरियो यो बसाईमा । अझ यत्ति विषय चाहिँ देशको अर्थतन्त्र यता गइदिए हुन्थ्यो । लाने गरी नेतृत्व गरिरहेकाहरुले यसरी सोच्दिए हुन्थ्यो । यो थपौँ भन्ने सोच्नु भएको छ भने थप्नु होस् ।

अब हामी प्रोडक्टिभ सेक्टरबाट अगाडि बढ्नु भन्दा अरु विकल्प छैन । म अस्ति मात्रै एउटा श्रीलंकाको बैंकर साथीसँग कुरा गर्दै थिए । श्रीलंका त्यस्तो प्रबलममा भएर अब अहिले आएर उनीहरुले नेक्स्ट इयर ३० लाख टुरिस्टहरु हामी ल्याउँछौ भनेर प्रोग्रामहरु अगाडि बढिसकेको छ । हाम्रो जस्तो नेपाल, जहाँ माउन्ट एभरेष्ट छ । लुम्बिनी छ । यत्रो सास्कृतिका धरोधहरहरु छन् ।

यो भन्दा केही पनि नभएको ठाउँमा टुरिस्टहरु धेरै गइरहेका छन् । त्यो देशको कायापलट भएको छ । अब यो टुरिजमलाई फेसिलेटेड गर्न गभरमेन्टले के गर्ने ? भन्दा खेरी टुरिजममा पा्रइभेट सेक्टरले मनग्य लगानी गरिरहेको छ भने गर्नलाई इन्ट्रेस पनि देखाइरहेको छ । अब यसमा हामीलाई चाहिएको छ टुरिस्ट अराइबल । टुरिस्ट अराइबलमा हाम्रो इन्फ्रास्टक्चर पुगेको छैन । इन्फ्रास्टक्चर भन्दा खेरी पहिलो त एयरपोर्टको कुरा आयो । राज्यले अबको मिडियम टर्ममा के हेर्नु पर्यो ? भने टुरिस्ट अराइभलको लागि हामीले ठूलो एयरपोर्ट चाहियो । १०० वर्षको सोचौँ हामी । त्यो एयरपोर्टसँग काठमाडौंमा फस्र्ट ट्रयाक रोड ।

लुम्बिनीमा फस्र्ट ट्रयाक रोड । एभरेष्ट, जनकपुर, पोखरासम्म फस्र्ट ट्रयाक रोड । यी सबै ठाउँमाहरुमा घुमाएर फस्र्ट ट्रयाक रोड बनायौँ भने के होला देशको ? अर्को कुरा यत्रा माइग्रेन वर्करहरु छन् । अरु देशमा गएका युवाहरु छन् । त्यहाँका स्किल, सिप लिएर आउने खालका वातारवण बनाएर तिनीहरुलाई इन्ट्रोप्रेनियर कसरी बनाउँन सकिन्छ ? भन्ने त्यो खालको इन्फ्रास्टक्चर तयार गरौँ । र अर्को नगरी नहुने कुरा के छ ? भने यो कोभिड रुसिया युक्रेन वारका सप्लाई चेनका जुन इफेक्टहरु हामीले देख्यौँ ।

त्यसबाट हामीले एउटा के पाठ सिकिसकेका छौँ ? भने कन्ट्रीले फुड र इनर्जी र हेल्थ सेकुरेटीको कुरामा कन्ट्रीले प्राइर्योटी दिनु पर्छ । इनर्जीमा हामी एक लेभलमा गइसकेको छौँ । सरररर बाटो लिइसकेको छ । यसमा हामीले फ्यासिलिटेसन मात्रै गरिदिनु पर्छ । फुडमा एग्रिकल्चर सेक्टरमा कसरी अगाडि बढाउने ? भन्ने बिषयमा एकदमै फोकस हिसाबले अगाडि बढ्नु पर्छ । हाम्रो कन्ट्री याट्लिस्ट फुडमा सेल्फ सुफिसिएन्ट हुनुपर्छ । भोलि भारतबाट आयात गर्ने किसिमको अवस्था कहिल्यै पनि रहनु हुदैँन ।

भोलिको दिनमा भारतमा फुड स्कारसिटी भयो भने हाम्रो नेपालमा पठाउँछ । उसको जनतालाई भोकै राखेर पठाउँछ ? पठाउँदैन । त्यसपछि हाम्रो जनता भोकै बस्ने ? हुँदैन नि त । त्यसैले यो कुरामा हामी अझ सिरियस भएर लाग्नु पर्छ । हेल्थको सेक्टरमा प्राइभेट सेक्टरमा हस्पिटलहरु आइरहेको छ । अझै पनि डाक्टरहरु प्रोड्युस गर्ने कुरामा हामी मेडिकल कलेजहरुको क्यापासिटी हुँदा हुँदै पनि सिटहरु बढाउँन सकेका छैनौँ ।

नयाँ मेडिकल कलेज आउँछ भन्दा पनि ल्याउँन दिएको छैन । बंगलदेश, चाइना पढाउँन पठाइरहेका छौँ । यी कुराहरुमा त सोच्नु पर्ने कुरा छ नि त ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्