Skip to content
Shikhar Insurance
National Life

हाइड्रोपावरले आईपिओलाई ठगिखाने भाँडो बनाउनु हुन्न: कांग्रेस प्रमुख सचेतक घिमिरे

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्राथमिक सेयर निष्काशन हुन नसक्दा समस्या भएको बताएका छन् । सार्वजनिक लेखा समितिले गरेको निर्णयमा अलमल भएको बताउँदै समितिमा पुन: छलफल हुने पनि बताए ।

उनले विश्वभर नै विकास निजी क्षेत्रले गरेको पनि बताए। ‘निजी क्षेत्र भनेको जनता हो। निजी क्षेत्रलाई प्रवर्द्धन गर्न नेपाली कांग्रेसले सहयोग गर्छ,’ उनले भने–‘तर नियत नै ठगीको राखेर सेयर निष्काशन गर्नु हुँदैन, नियमन हुनुपर्छ।’

प्राथमिक सेयर निष्काशनको अवधारणा राम्रो रहेको र त्यसमा सर्वसाधरणले लगानी गर्न पाउँने तर त्यहाँ गलत नियत राखेर काम गर्ने परिपाटीको अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

‘आईपिओ निष्काशन हुनुपर्छ। सर्वसाधरणले लगानी गर्छन्,’ उनले भने,–तर ठगिखाने भाँडो बनाएर आईपिओमै बदनाम गराउनु हुँदैन । यसले आईपिओमै लगानी आउँदैन।’ उनले नेपालले सौर्य उर्जालाई प्राथमिकता दिएर जानुपर्नेमा पनि जोड दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्