काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको बैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशत अर्थात ६ करोड २५ लाख ६६ हजार ४४८ का दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.१३ प्रतिशतका दरले नगद लाभांश गरी कुल २.६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।
प्रतिक्रिया दिनुहोस्