काठमाडौं । वाणिज्य बैंकहरुका सिइओहरुले धेरै पारिश्रमकि लिएको आरोप लाग्ने गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका सिइओहरुले अधिक तलब सेवा सुविधा लिएको भन्दै सार्वजनिक रुपमै आरोप लगाइरहेका छन् ।
बैंकका सिइओहरुले भने ठूलो जोखिम लिनुपर्ने भएकाले सेवा सुविधा धेरै लिएको तर्क गर्दै आएका छन् । बैंकका सिइओहरुको आम्दानीमा सरकारले ३९ प्रतिशतसम्म कर लगाउने गरेको छ । पुर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले वार्षिक ५० लाख भन्दा बढि सेवा सुविधा लिनेले ३९ प्रतिशतसम्म कर तिर्नपर्ने व्यवस्था गरेका छन् ।
बैंकका सीईओहरुले बैठक भत्ता, यातायात खर्च, सञ्चार खर्च, इन्टरनेट, इन्धन, पत्रपत्रिका, मासिक खर्च लगायतका शीर्षकमा तलब तथा सुविधाहरु लिने गरेका छन् ।
बैंकको वार्षिक प्रतिवेदन अनुसार सबैभन्दा बढी तलब प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले लिएका छन् भने सबैभन्दा कम नेपाल बैंकका सीईओ तिलक राज पाण्डेले लिएका छन् ।
कुन बैंकका सीईओले कति लिए तलब ?
कृषि विकास बैंक
बैंकको सीईओ गोविन्द गुरुङ रहेका छन् । यस बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले पारिश्रमिक भत्ता तथा सुविधा तलब ३ लाख रुपैयाँ प्रति महिना, भत्ता १ लाख रुपैयाँ प्रति महिना, दशै खर्च वापत ३ लाख रुपैयाँ, बैंक दिवस वापत सञ्चालक समितिको निर्णयानुसार उपलब्ध गराइने, औषधि उपचार खर्च वापत ५० दिनको तलब मासिक टेलिफोन महसूल, एकपटक १ थान मोवाईल सेट अधिकतम ५० हजार रुपैयाँसम्मको (फिर्ता गर्न नपर्ने) र संचयकोषमा १ महिनाको तलब थप पाउने वार्षिक प्रतिवेदनमा उल्लेख छ । यसरी सिइओ गुरुङले ५९ लाख ५० हजारको दरले सुविधा लिएका छन् ।
नेपाल बैंक
बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तिलक राज पाण्डे रहेका छन् । उनले आर्थिक वर्ष २०७९/८० मा तलब, भत्ता तथा बोनस बापत जम्मा ५४ लाख ८० हजार ६ सय ६ रुपैयाँ रकम बुझेका छन् ।
राष्ट्रि वाणिज्य बैंक
बैंकको सीईओमा भने देबेन्द्र रामण खनालले कार्यभार सम्हालिरहेका छन् । २०८०/८१ म सीईओ खनालले तलब २८ लाख २८ हजार ९ सय १६ रुपैयाँ, भत्ता १५ लाख ५५ हजार ५ सय ६४ रुपैयाँ, दशैँ भत्ता २ लाख ६० हजार रुपैयाँ, सञ्चयकोष योगदान २ लाख ८२ हजार ८ सय ९२ रुपैयाँ, बोनस ८ लाख १८ हजार ४ सय १७ रुपैयाँ बुझेका छन् । उनले आव ८०/८१ को पारिश्रम जम्मा ५७ लाख ४५ हजार ७ सय ८९ रुपैयाँ लिएका छन् ।
सिटिजन्स बैंक
बैंकको सीईओ गणेज राज पोखरेल छन् । उनले तलबबाट ८४ लाख रुपैयाँ, भत्ताबाट ५४ लाख रुपैयाँ, दशैँ भत्ताबाट ११ लाख ५० हजार रुपैयाँ, सञ्चयकोष योगदानबाट ८ लाख ४० हजार रुपैयाँ, बिदा वापतको भुत्तानी ७ लाख रुपैयाँ र अन्य गरी ४२ हजार रुपैयाँ बुझेका छन् । उनले वार्षिक गरी कुल १ करोड ६५ लाख ३२ हजार रुपैयाँ लिएको बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
एभरेष्ट बैंक
बैंकको सीईओमा सुदेश खालिङ रहेका छन् । बैंकको प्रतिवेदनमा सिइओको पारिश्रमिक उल्लेख गरेको छैन ।
ग्लोबल आइएमई बैंक
बैंकको सीईओ सुरेन्द्र राज रेग्मी रहेका छन् । उनलाई २०८०/८१ मा बैंकले ७५ लाख ९६ हजार रुपैयाँ तलब, ५० लाख ४० हजार रुपैयाँ भत्ता, ७ लाख ५९ हजार ६ सय रुपैयाँ सञ्चय कोष, १२ लाख ८ हजार ७ सय ८६ रुपैयाँ बिदा वापतको भुक्तानी, १० लाख ५३ हजार रुपैयाँ दशै भत्ता गरी कुल १ करोड ५६ लाख ५७ हजार ३ सय ८६ रुपैयाँ पारिश्रमीक लिएका छन् ।
हिमालयन बैंक
बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक राणा छन् । उनले तलब १ करोड ८६ लाख रुपैयाँ बुझेका छन् । भत्ता १५ लाख ५० हजार रुपैयाँ, टेलिफोन मोवाइल १३ लाख ४० हजार ३१ रुपैयाँ, विविध १२ हजार २ सय ९८ रुपैयाँ गरी कुल २ करोड १५ लाख २ हजार ३ सय २९ रुपैयाँले लिएका छन् ।
कुमारी बैंक
बैंकको सीईओ पदमा राम चन्द्र खनाल छन् । तलबमा ५६ लाख ७७ हजार २ सय रुपैयाँ, प्रोभिडेन्ट फण्डमा ५ लाख ६७ हजार ७२० रुपैयाँ, दशैँ भत्तामा १० लाख २६ हजार रुपैयाँ, कर्मचारी बोनसमा २० लाख २७ हजार ३०४ रुपैयाँ प्राप्त गरेका छन् । उनले वार्षिक कुल ९२ लाख ९८ हजार २२४ रुपैयाँ पारिश्रमिक लिएका छन् ।
लक्ष्मी सनराइज बैंक
बैंकको प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह हुन् । उनले आर्थिक वर्ष २०८०/०८१ मा १ करोड ७२ लाख ६३ हजार पारिश्रमिक लिएका छन् ।
माछापुच्छ्रे बैंक
बैंकको सीईओ सन्तोष कोइराला रहेका छन् । बैंकले सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार उनले तलब ७४ लाख रुपैयाँ, भत्ता ६७ लाख रुपैयाँ, सुविधा १६ लाख रुपैयाँ, बोनस २९ लाख रुपैयाँ गरी जम्मा १ करोड ८६ लाख रुपैयाँ वार्षिक पारिश्रमिक लिएका छन् ।
नविल बैंक
बैंकको सीईओमा ज्ञानेन्द्र प्रसाद ढुंगाना छन् । उनको २०८०/०८१ मा खुद तलब भुक्तनी १ करोड ३२ लाख ५३ हजार २२६ रुपैयाँ, अन्य लाभ तथा सुविधाहरु ९५ लाख ६७ हजार ३६३ रुपैयाँ गरी जम्मा २ करोड ३६ लाख ५ हजार ७ सय ८३ रुपैयाँ रहेको छ ।
एनआइएमबी बैंक
बैंकको सीईओ ज्योति प्रकाश पाण्डे हुन् । उनले तलब १ करोड ६० लाख ७६ हजार रुपैयाँ, भत्ता १ करोड ७ लाख १७ हजार रुपैयाँ, दशैँ भत्ता २२ लाख ३३ हजार रुपैयाँ, संचय कोष १६ लाख ८ हजार रुपैयाँ पारिश्रमिक बुझेका छन् । यसरी कुल २ करोड ९१ लाख ९४ हजार रुपैयाँ पारिश्रमिक बुझेका छन् ।
नेपाल एसबीआई बैंक
बैंकको सिइओमा राम कुमार तिवारी छन् । वार्षिक प्रतिवेदनमा सिइओले प्राप्त गर्ने पारिश्रमिक खुलाएको छैन ।
एनआइसी एशिया बैंक
एनआइसी एशिया बैंकका सीईओ रोशन कुमार न्यौपानेलाई बैंकले तलब भत्ता २ करोड ४० लाख ७७ हजार ९६५ रुपैयाँ, कर्मचारी बोनस ५५ लाख ३७ हजार ६९ रुपैयाँ, अन्य रकम गरी १ लाख १७ हजार १३२ रुपैयाँ, अन्य सुविधा १ लाख २० हजार ४४५ रुपैयाँ गरी वार्षिक कुल २ करोड ९८ लाख ६३ हजार ६१२ रुपैयाँ पारिश्रमिक लिएका छन् ।
एनएमबी बैंक
बैंकको सीईओमा सुनिल केसी छन् । उनले बेसिक तलब ९० लाख रुपैयाँ, प्रोभिडेन्ट फण्ड ९ लाख रुपैयाँ, भत्ता ८५ लाख रुपैयाँ, बोनस ५७ लाख १३ हजार ७२५ रुपैयाँ, अन्य विविध ४५ हजार गरी कुल वार्षिक २ करोड ४१ लाख ५८ हजार ७२५ रुपैयाँ पारिश्रमिक लिएका छन् ।
प्रभु बैंक
बैंकको सीईओ अशोक शेरचनले तलब ३ करोड १२ लाख ३१ हजार रुपैयाँ, कर्मचारी बोनस ३५ लाख ३४ हजार रुपैयाँ, दशै तथा बिदा वापत भत्ता ४६ लाख ६७ हजार रुपैयाँ गरी कुल ३ करोड ९४ लाख ३२ हजार रुपैयाँ वार्षिक पारिश्रमिक बुझेका छन् ।
प्राइम कमर्सियल बैंक
बैंकको सीईओमा सञ्जीव मानन्धर छन् । उनले वार्षिक तलब ८१ लाख ९१ हजार ४ सय १९ रुपैयाँ, भत्ता ६१ लाख ८५ हजार ६ सय ६८ रुपैयाँ, दशैँ भत्ता १२ लाख रुपैयाँ, सञ्चयकोष ८ लाख १९ हजार १ सय ४२ रुपैयाँ गरी कुल १ करोड ६३ लाख ९५ हजार रुपैयाँ पारिश्रमिक बुझेका छन् ।
सिद्धार्थ बैंक
बैंकका सीईओ सुन्दर प्रसाद कडेलले आव २०८०/८१ मा तलब ९६ लाख ३९ हजार १ सय ८७ रुपैयाँ, भत्ता ४० लाख ८० हजार रुपैयाँ, दशैँ भत्ता ११ लाख ६ हजार ८ सय रुपैयाँ, वार्षिक विदा भत्ता ४ लाख ५० हजार, सवारी साधन भत्ता १७ लाख ५६ हजार ८ सय रुपैयाँ गरी वार्षिक जम्मा १ करोड ७० लाख ३२ हजार ७ सय ८७ रुपैयाँ तलब लिएको बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
सानिमा बैंक
बैंकको सीईओमा निश्चल राज पाण्डे रहेका छन् । उनले तलब, भत्ता तथा अन्य सुविधाहरु गरी जम्मा १ करोड १९ लाख ३६ हजार रुपैयाँ पारिश्रमिक लिएका छन् ।
स्टान्डर्ड चाटर्ड बैंक
बैंकको सीईओ अनिर्भान घोष दस्तीदार छन् । प्रतिवेदनमा उनको पारिश्रमिक उल्लेख गरेको छैन ।
(बैंकहरुले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा आधारित तथ्यांक)
प्रतिक्रिया दिनुहोस्