काठमाडौं । ट्रेड टावर लिमिटेडकोको आइपीओमा आवेदन दिने जेठ २० गते आज (मंगलबार) अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा आज अन्तिम दिनसम्म २ अर्ब ५७ करोड ७९ लाख ७९ हजार रूपैयाँ आवेदन परेको हो ।
सिडिएस एण्ड क्लियरिङका अनुसार मंगलबार साँझ ५:०६ बजेसम्म २१ लाख ६९ हजार ८ सय ९१ जनाले २ करोड ५७ लाख ७९ हजार ७ सय ९० कित्ताको लागि आवेदन दिएका हुन् ।
कम्पनीले जेठ १४ गतेदेखि कम्पनीले ३२ लाख ९६ हजार कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको छ।
जसमध्ये ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेर बाँडफाँड समेत गरिसकेको छ।
अब कम्पनीले बाँकी रहेको ३५ लाख ७४ हजार ५२३।७० कित्तामध्ये १ लाख ९८ हजार ५८४.६५ कित्ता सामूहिक लगानी कोषका लागि र ७९ हजार ४३३.८६ कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरेको छ।
यसरी अन्त्यमा बाँकी रहेको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। आइपीओका लागि आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्