Skip to content
Shikhar Insurance
National Life

प्रतिनिधिसभा: प्रतिपक्षीद्वारा अवरोध कायम भएपछि बैठक स्थगन

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले दुई सातादेखि निरन्तर बैठक अवरोध गर्दै आइरहेका हुन् ।

आज बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर नाराबाजीसहित विरोध जनाए । सत्तापक्षका सांसदहरूले पनि गृहमन्त्रीले संसद्मा बोल्न पाउनुपर्ने माग राख्दै आएका छन् ।

बैठकमा सभामुख देवराज घिमिरेले दलीय आधारमा सदनमा बोल्न समय उपलब्ध गराउने पटकपटक आग्रह गर्दा पनि छलफलका लागि वातावरण बन्न नसकेपछि आजको बैठक पनि कार्यसूचीमा प्रवेश गर्नुअघि स्थगन भएको हो ।

अवरोध हटाउन सभामुख घिमिरेले विपक्षी दलका सांसदहरूलाई आग्रह गरेका थिए । बैठकअघि सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति जुट्न सकेको छैन । सभाको अर्को बैठक यही जेठ २९ गते बिहीबार दिउँसो ३ बजे बस्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्