Skip to content
Shikhar Insurance
National Life

गृहमन्त्रीको राजीनामा आउँदैन, धेरैमा संसदीय समिति बन्ला: प्रवक्ता गुरुङ

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अवरुद्ध प्रतिनिधि सभाको बैठक छिटै सुचारु हुने बताएका छन् । मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुको प्रश्नमा बुधवार सरकारका प्रवक्ता गुरुङले आईतवार वा सोमवारसम्म (आज वा भोलिसम्म) बैठक सुचारु हुने बताएका हुन् ।

भिजिट भिसाको प्रकरणलाई लिएर प्रतिपक्षली दलहरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन् । अख्तियारले एउटा कर्मचारीमाथि छानविन शुरु गरेको र कर्मचारीमाथि छानविन शुरु गर्दा गृहमन्त्रीको राजीनामा नआउने स्पष्ट पारे ।

उनले उटा कर्मचारीमाथि छानविन हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्न नसक्ने जिकिर गरे । अहिले पनि संसदको अवरोध खुलाउने बारेमा सत्ता पक्ष र प्रतिपक्षबीच छलफल जारी रहेको बताए ।

गृहमन्त्रीले राजीनामा नदिने बरु संसदीय छानविन समिति कसरी बनाउने भन्नेमा छलफल जारी रहेको बताउँदै सदनमा उठेका प्रश्नको जवाफ संसदमा गृहमन्त्रीले दिने र प्रतिपक्षले संसद खोलेर सहयोग गर्ने, बजेट सम्बन्धी छलफलको प्रक्रिया अघि बढाउने काम गर्नुपर्ने बताए ।

मन्त्री गुरुङले भने, ‘संसद अवरुद्ध भएको धेरै दिन भइसकेको छ । अख्तियारले एउटा कर्मचारीमाथि छानविन शुरु गरेको । गृहमन्त्रालयको एउटा कर्मचारीमाथि । एउटा कर्मचारीमाथि छानविन हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्दैन । धेरै हिसावले अनुपयुक्त थियो । अहिले संसद जसरी अवरुद्ध भइरहको छ, सत्तापक्ष र प्रतिपक्षको बीचमा लामै छलफल चलिरहेको छ । आज सम्भवत: संसद खुल्नसक्ने सम्भावना छ । गृहमन्त्रीले राजीनामा दिनेकुरा फेरि पनि आउँदैन । धेरैमा संसदीय छानविन कसरी बनाउने, के बनाउने भन्नेमा छलफल भइरहेको छ । हाम्रो उठिरहेका प्रश्नको संसदमा धारणा राख्ने र प्रतिपक्षले संसद खोलेर सहयोग गर्ने, बजेट सम्बन्धी छलफलको प्रक्रिया अघि बढाउने काम गरिरहेका छौँ । राजनीति, संसदलाई कसरी लैजाने भन्नेकुरा सानोतिनो कुरा उठाएर अफ्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्दैन । सम्भवत: आज वा भोलिसम्म संसद चल्छ ।’

मन्त्री गुरुङले सानोतिनो कुरा उठाएर अफ्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्न नसक्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्