Skip to content
Shikhar Insurance
National Life

गृहमन्त्रीकै कारण संसदबाहिरबाट बजेट ल्याउनुपर्ने भएपछि राजीनामा गराईँदै

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेस पार्टीले गृहमन्त्री रमेश लेखकलाई राजीनामा गराउने संकेत दिएको छ । चितवनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीको राजीनामा आउने सक्ने बताएका हुन् । संसदमा प्रतिपक्षीहरुले गृहमन्त्रीको राजीनामा बिना संसद चल्न नदिने भन्दै नाराबाजी गरेपछि बैठक स्थगित भएको छ ।

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा गर्नुपर्ने र संसदीय समिति र वा आयोग बनाएर छानविन गर्नुपर्ने माग गरेको छ ।

सरकारले बजेट ल्याउने अन्तिम तयारीमा जुटिरहेका बेला गृहमन्त्रीका कारण संसद अरुवद्ध हुने अवस्था आएपछि काँग्रेस एमाले दुबैले गृहमन्त्रीलाई राजीनामा गराउने सन्देश प्रचण्डसम्म पठाएको स्रोतले बतायो ।

‘यो विषय गृहमन्त्रीसँग मात्रै होइन सरकारसँग पनि रिलेटेड छ, कम्तिमा पनि राजीनामा दिने स्थिति गृहमन्त्रीको आउँछ ।’ प्रचण्डले भनेका छन् ।

दुई ठूला दल मिलेर बनेको सरकारले संसद भन्दा बाहिरबाट बजेट ल्याउनुपर्ने अवस्था सृजना भएपछि गृहमन्त्रीलाई मार्ग प्रशस्त गर्न लगाउने सम्भावना देखिन्छ ।

स्वयं गृहमन्त्री लेखकले पनि आफ्नो कारण पार्टीलाई अप्ठेरो पर्ने अवस्था आएमा राजीनामा गर्न तयार रहेको सन्देश सोमबारको पार्टी पदाधिकारी बैठकमै दिईसकेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्