Skip to content
Shikhar Insurance
National Life

‘भिजिटि भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन हुन आवश्यक छ’

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर बिष्टले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद बिष्टले गृहमन्त्रीको राजीनामाको माग दोहोर्‍याएका हुन् । भिजिट भिसाको आवरणमा मानव तस्करीमा संलग्न नभएको पुष्टि नभएको कारण गृहमन्त्रीमाथि छानबिन हुन आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, ‘समग्र रुपमा मानव बेचबिखनमा संलग्न भएका व्यक्तिहरुलाई एउटा उच्चस्तरीय छानबिन समिति बनाएर तत्काल कारबाही गर्नुपर्छ । गृहमन्त्री पनि निर्दोष भएपछि पुर्नबहालि गरिहाल्नुहुन्छ दोषि हुनुभयो भने जेल जानुहुन्छ । अहिले उहाँ निदोर्ष हुनुहुन्छ भनेर कसरी भन्ने ?’

भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने समेत उनको माग छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्