बैतडी । गृहमन्त्री रमेश लेखकले बैतडीको शान्तिसुरक्षाका बारेमा जानकारी लिएका छन् । आज बिहान खोड्पे प्रहरी चौकीको निरीक्षण गर्दै उहाँले जिल्लाको शान्तिसुरक्षाका बारेमा जानकारी लिएका हुन् ।
गृहमन्त्री लेखकले जिल्लाको समग्र शान्तिसुरक्षाका बारेमा जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । उनले भने ‘खोड्पे प्रहरी चौकीको निरीक्षणका क्रममा गृहमन्त्रीज्यूले जिल्लाको समग्र शान्तिसुरक्षा र विपद्को विषय जानकारी लिए । साथै आवश्यक निर्देशन समेत दिएर ।’
शान्तिसुरक्षा, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रणलगायत विषयमा गृहमन्त्री लेखकले निर्देशन दिनुभएको हो । गृहमन्त्री लेखक बैतडीपश्चात् बझाङका लागि प्रस्थान गरेका छन् । बझाङमा भूकम्पबाट पीडितका लागि आवास पुनर्निर्माणका लागि अस्थायी कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको गृहमन्त्री लेखकका स्वकीय सचिव जनकराज भट्टले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्