Skip to content
Shikhar Insurance
National Life

गृहमन्त्री लेखकको दाबी: ‘भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, यो म माथिको नियोजित आक्रमण हो’

Hyundai
NCELL
NIMB

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा तथा रकम असुली प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्न नपाएपछि बुधबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो दाबी गरेका हुन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको विषयलाई लिएर मन्त्रीको पनि संलग्नता भन्ने प्रचार, समाचार र सामाजिक सञ्जालमा विचारहरू अभिव्यक्त भएको बताउँदै उक्त विषयमा आफ्नो कुनै संलग्नता नरहेको बताए ।

उनले आफूलाई संलग्नता देखाएर सार्वजनिक भएका समाचार र सामाजिक सञ्जालमार्फत अभिव्यक्त धारणाहरू असत्य र बेठीक भएको दाबी गरे । उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण ढङ्गले आक्रमण गरिएको जिकिर गर्दै आफूमाथिको आक्रमण राजनीति पूर्वाग्रहले प्रेरित भएको जिकिर गरे ।

उनले आफूमाथिको आक्रमण षड्यन्त्र मुलुक रहेको र यसको क्रम जारी छ भन्ने अनुभूति गरेको समेत बताए ।

उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको यो विषयलाई लिएर मन्त्रीको संलग्नता छ भन्ने ढङ्गले विभिन्न प्रचारहरू, समाचारहरू र सामाजिक सञ्जालमार्फत विचारहरू अभिव्यक्ति भएका छन् । यो विषयमा मेरो संलग्नता देखाएर समाचारहरू र सामाजिक सञ्जालमार्फत धारणाहरू अभिव्यक्त भएका छन्, यो असत्य कुरा हो, यो बेठिक कुरा हो र यसमा मेरो कुनै संलग्नता छैन भन्ने कुरा यहाँहरूमार्फत निवेदन गर्न चाहन्छु । मलाई मेरो विरुद्धमा नियोजित, षड्यन्त्रपूर्ण ढङ्गले आक्रमण गरिएको छ । यो आक्रमण राजनीति पूर्वाग्रहले प्रेरित छ । षड्यन्त्र मुलुक छ र यसको क्रम जारी छ भन्ने अनुभूति गरेको छु ।’

उनले मङ्गलबार र बुधबारको प्रतिनिधिसभाको बैठकमा आफ्ना भनाइ राख्ने तयारी गरे पनि विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि संसद् अवरुद्ध हुँदै आएको छ । विपक्षी दलहरूले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने माग राखेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्