Skip to content
Shikhar Insurance
National Life

पार्टीको दबाबका कारण गृहमन्त्रीले राजीनामा दिन सकेनन्: सांसद सापकोटा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद अवरुद्ध गर्ने अडानमा प्रतिपक्षी दलहरु कायम रहेको बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले यस्तो बताएका हुन् ।

गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनको सुनिश्चितता नगरेसम्म संसदको कारबाही अगाडि बढ्न नदिने उनको भनाइ छ । सांसद सापकोटाले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।

उनले गृहमन्त्री व्यक्तिगत रूपमा राजीनामा दिन इच्छुक भएपनि गठबन्धन र आफ्नै पार्टीको दबाबका कारण राजीनामा नदिएको जानकारीमा आएको समेत बताए ।

उनले भने, ‘गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद चल्न सक्दैन भन्ने हाम्रो पूर्ववत् अडान कायमै छ । यसमा हामी थप के स्पष्ट पार्न चाहन्छौँ भने हाम्रो मुख्य चासो चाहीँ कता हो भने छानविन गर्नुपर्यो । यो एउटा सामान्यमात्र विषय नभई राष्ट्रिय मुद्दाको रुपमा स्थापित भइसकेको छ । राष्ट्रिय मुद्दा भएको हुनाले निश्पक्ष रुपले छानविन गर्ने र सत्यतथ्यलाई सार्वजनिक गरेर जनताका बीचमा ल्याउनुपर्छ ।’

‘यसभित्र भए गरेका कामकारबाही र क्रियाकलापका बारेमा छानविन गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्यो भन्ने हाम्रो मुख्य सवाल छ । छानविनलाई प्रभावकारी बनाउन नैतिक रुपमा माननीय गृहमन्त्रीज्यूले राजीनामा दिँदा नै उहाँलाई पनि यो छानविनलाई पनि राम्रो गर्छ भन्ने हाम्रो बुझाई छ । तर उहाँहरु छानविनका लागि पनि तयार भइसक्नु भएको छैन । गृहमन्त्रीजी व्यक्तिगत रुपमा राजीनामा दिनको लागि तयार भएको जस्तो पाउँछौँ हामी तर गठबन्धन र उहाँको पार्टीले राजीनामा नदिन भनिराखेको जस्तो बुझिन्छ’ उनले भने ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायत विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग संसद अवरुद्ध गर्दै आएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्