काठमाडौं । वार्षिक ३६ हजार २४० मेट्रिक टन गहुँको वस्तु उत्पादन गर्ने क्षमता भएको हिमगिरी फुड प्रोडक्ट प्रालिले सन् २०२४ मा १ अर्ब २१ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीको व्यापार गत वर्षको तुलनामा ७.८२ प्रतिशतले घटेको हो ।
कम्पनीले गत वर्षको सोही अवधिमा १ अर्ब ३१ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२२ मा ९२ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा ८८ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीको व्याज कभरेज रेसियो सन् २०२१ मा १.६२, २०२२ मा १.४१, २०२३ मा १.८३ र २०२४ मा ०.८९ रहेको छ । कम्पनीले गहुँ र धान प्रशोधन गरी मैदा, आँटा सुजी, चोकर, चिउरा र अन्य वस्तु उत्पादन गर्दै आएको छ । कम्पनीमा वार्षिक ३६ हजार २४० मेट्रिक टन गहुँको वस्तु र ७ हजार ८ सय मेट्रिक टन चिउरा उत्पादन गर्ने क्षमता छ ।
कम्पनीले उत्पादन गरेको वस्तु बंसी ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्