काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गर्ने अभिप्रायले Managerial Skills Development Training कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा संस्थाका सम्पूर्ण शाखा प्रमुख, क्लस्टर प्रमुख र केन्द्रीय कार्यालयका कर्मचारी सहित करिब १०० जनाको सहभागिता रहेको थियो ।
तालिम कार्यक्रमको उद्घाटन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले संस्थाले हासिल गरेको प्रगति तथा नतिजा कर्मचारीहरुकै मिहेनतको परिणाम भएकोले संस्थाका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद सहित बधाई दिंदै नेपालमा लघुवित्त संस्थाहरुले प्रभावकारी रुपमा आफ्ना सेवाहरु प्रदान गरिरहेको परिवेशमा विगत केही वर्षदेखि लघुवित्त क्षेत्रमा देखिदै आएको विविध खालको असहज परिस्थितिको बाबजुद पनि विचलित नभईकन ग्राहकलाई सर्वोपरी मानि आफ्नो सेवाहरु उच्च मनोबलका साथ निरन्तररुपमा प्रदान गर्दै आफनो कार्यसम्पादन गर्न निर्देशन दिए ।
यस वित्तीय संस्थाले लघुवित्त बजारमा आफनो बलियो उपस्थिती जनाएको र यसको सम्पूर्ण श्रेय संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा जाने बताउंंदै भविष्यमा समेत आवश्यकताको पहिचान गरी कर्मचारीहरुलाई यस संस्थाबाट तालिमहरु प्रदान गर्दै जाने योजना रहेको बताए ।
तालिम समापन कार्यक्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष बिजय मान नकर्मीज्यू तथा सञ्चालकज्यूहरुले सहभागीहरुलाई आवश्यक मार्गनिर्देशन सहित तालिमको विषयवस्तुहरुमा सिकेका कुराहरुको जानकारी लिई सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
सञ्चालक समितिका अध्यक्ष बिजय मान नकर्मीज्यूले आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कार्यसम्पादन गर्न सफल शाखा कार्यालयहरुलाई पुरस्कृत गरेका थिए ।
संस्थाले हासिल गरेको प्रगतिमा कर्मचारीहरुको महत्त्वपूर्ण योगदान रहेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा संस्थाको थप उन्नती र प्रगतिको लागि लघुवित्त क्षेत्रमा हाल देखा परेका चुनौतिहरुबाट विचलित नभईकन दत्तचित्त भएर कार्य गर्न तथा तालिममा प्राप्त भएका ज्ञानहरु आफुमातहतका कर्मचारीलाई सिकाउने र ब्यवहारमा उतार्नको लागि निर्देशन दिर्दै आगामी दिनको लागि शुभकामना व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्