Skip to content
Shikhar Insurance
National Life

हिमालयन लाइफ इन्स्योरेन्सको खुद नाफा ४७ करोड २४ लाख, यस्ता छन् अन्य सूचक

Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको चैत मसान्तसम्ममा कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ८.४९ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १.३३ प्रतिशत बढेर १ करोड २१ लख रुपैयाँ रहेको छ । ९ अर्ब १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ती कोष ४७ करोड ८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ९ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटी १० करोड ५ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी, कम्पनीको इपीएस ६.८९ रुपैयाँ, पीइ रेसियो ६१.५१ र प्रतिसेयर नेटवर्थ ११५.०७ रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्