Shikhar Insurance
National Life

लाभांश प्रस्ताव पारित गर्न हिमालयन लाइफ इन्स्योरेन्सले डाक्याे फागुन ११ गते सभा

सिंहदरबार संवाददाता
२०८१ माघ २२, मंगलवार १०:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिका निर्णय अुनुसार सभा फागुन ११ गते अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तिसपुतली काठमाडौंमा बिहान १०:३० बजेदेखि आव्हान गरेको हो ।

कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले बोनस सेयरमा लाग्ने कर भने सेयरधनी आफैंले तिर्नुपर्ने बताएको छ । प्रचलित कानूनी व्यवस्थाबमोजिम बोनस सेयरमा लाग्ने करबापतको रकम स्वयं सेयरधनीहरुले भुक्तानी गर्नुपर्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा रहेको छ ।

सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्नेछ ।

सभामा आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै, साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते शुक्रबार बुक क्लोज गर्ने भएको छ । जसअनुसार माघ २४ गते कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन एक सूचनामार्फत कम्पनीले जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्