Skip to content
Shikhar Insurance
National Life

हिम स्टार ऊर्जाले बोर्डबाट पायो आइपीओ निष्कासनकाे अनुमति

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट हिम स्टार ऊर्जा कम्पनीले आइपीओ निष्कासनकाे लागि अनुमति पाएको छ।

बोर्डले आज (जेठ ९ गते) हिम स्टार ऊर्जालाई आइपीओ निष्कासनकाे अनुमति दिएको हो । अब कम्पनीले हाल कायम चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने रकम बराबरको आइपीओ निष्कासन गर्नेछ।

कम्पनीले ११ करोड १९ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने अनुमति पाएको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख १९ हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

हिम स्टार ऊर्जाको आइपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE