काठमाडौं । उच्च अदालत पाटनले नेपाल क्यान मुभ प्रालीका संचालकहरुलाई धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार (असार ४ गते) प्रालीका संचालकहरुलाई छाड्न अदालतले आदेश दिएको हो ।
स्रोतका अनुसार अदालतले प्रालीका संचालकहरुबाट १ करोड धरौटी माग गरेको छ । मंगलबार नै धरौटी वापतको बैंक ग्यारेन्टी बुझाएपछि संचालकहरु थुनामुक्त भएका हुन् । राजस्व अनुसन्धान विभागले केहि हप्ता अघि प्रालीका संचालकहरुलाई पक्राउ गरी थुनामा राखेको थियो ।
प्रालीका संचालकहरुले भने आफूहरुले अनुसन्धानमा सघाउने भन्दा भन्दै पनि प्रतिशोध साध्न पक्राउ गरेको आरोप लगाएका छन् । विभागले प्रालीबाट १ अर्ब ३६ करोड कर छलि भएको भन्दै असार १ गते मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्