काठमाडौं । दरबारमार्गस्थित अमेरिकन फ्रेन्चाइज हार्ड रक क्याफे काठमाडौंले ५४ औं जन्मोत्सव मनाएको छ । शनिवार एक कार्यक्रम आयोजना गरी हार्ड रक क्याफे काठमाडौंले जन्मोत्सव मनाएको हो । विश्वभर रहेका १७० भन्दा बढी क्याफेहरूले आज एकैपटक ५४ औं जन्मोत्सव मनाएका छन् । सोही अवसर पारेर काठमाडौंस्थित दरबारमार्गमा रहेको हार्ड रक क्याफे काठमाडौँले पनि ५४ जन्मोत्सव मनाएको हो ।
हार्ड रक क्याफेले नेपाली स्वाद अनुसार छोयला बर्गर लन्चिङ सुरूवात गरेको क्याफेका महाप्रबन्धक नारायणप्रसाद सुवेदीले जानकारी दिए। उनका अनुसार हरेक क्याफेले सहरका स्थानीय स्वाद अनुसार आ–आफ्नो बर्गर लन्चिङ गर्दैछन् । काठमाडौंको हार्ड रक क्याफेले पनि छोयला बर्गर लन्चिङ तथा प्रदर्शन गरेको हो ।
छोयला बर्गर क्याफेका सेफ विप्लभ महर्जनले गरेका हुन् । गत वर्षको जन्मोत्सवमा पनि यसैगरी बर्गर लन्चिङ गरेको थियो । सुवेदीले भने ‘हामीले खानामात्र नभइ नेपालको पर्यटन क्षेत्रमा पनि योगदान गरिरहेका छौँ ।’
हार्ड रक क्याफेको सुभिनियर सप समेत रहेको छ । हार्ड रक क्याफेको काठमाडौंको सुभिनियरमा टिसर्ट,मग र ग्लास पाइने सुवेदीले जानकारी दिए । पाटनमा पनि सुभिनियर सप रहेको । ठमेलमा पनि सुभिनियर नयाँ सप खोल्ने योजना रहेको उनले जानकारी दिए ।
हार्ड रक क्याफे पोखराु पनि पोखरामा सुरूवात गर्न लागेको उनले उल्लेख गरे । विकिन्डमा सांगीतिक कार्यक्रम रहने गरेको सुवेदीले बताए । त्यसैगरी क्याफेमा अन्तर्रराष्ट्रिय स्तर अनुसार खानाको सेवा दिइरहेको उनले जानकारी दिए । सुवेदीले शुक्रवार र शनिवार सेवाग्राहीको बढी भीडभाड रहने गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्