Skip to content
Shikhar Insurance
National Life

हंशराज हुलासचन्दले ९ महिनामा गर्‍यो ११ अर्ब २२ करोडको व्यापार

Hyundai
NCELL
NIMB

काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले सन् २०२५ को ९ महिनामा ११ अर्ब बढीको व्यापार गरेको छ । नेपालमा बजाज ब्रान्डका दुई पांग्रे सवारी साधनहरूको वितरण गर्दै आएको यस कम्पनीले ९ महिनामा ११ अर्ब २२ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।

सन् २०२४ मा कम्पनीले घटेर १० अर्ब ६७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा १० अर्ब ७६ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२२ मा २१ अर्ब ३३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९५९ मा स्थापना भएको हंशराज हुलासचन्द एण्ड कम्पनी नेपालका निजी क्षेत्रका पुराना तथा प्रतिष्ठित सवारी साधन वितरक कम्पनीमध्ये एक हो । गोल्छा समूहअन्तर्गत सञ्चालन हुँदै आएको कम्पनीले बजाज ब्रान्डका दुई पांग्रे तथा तीन पांग्रे, केटीएम र ट्रायम्फ ब्रान्डका मोटरसाइकल तथा सर्भो ब्रान्डका इन्धनजन्य तेलहरू वितरण गर्दै आएको छ ।

नेपालका लागि आधिकारिक बिक्री एजेन्टका रूपमा क्रियाशील कम्पनीले मुलुकभर ३०० भन्दा बढी बिक्री केन्द्र तथा सेवा केन्द्रमार्फत ग्राहकहरूसम्म सवारी साधन तथा सेवा पुर्‍याउँदै आएको छ ।

कम्पनीमा हाल १९ जना सेयरधनी रहेका छन् । कार्यकारी अध्यक्ष शेखर गोल्छाको स्वामित्वमा ५३.८ प्रतिशत सेयर रहेको छ भने बाँकी सेयर अन्य सेयरधनीहरूले जनही ३.७५ प्रतिशतभन्दा कम अनुपातमा राखेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्