Skip to content
Shikhar Insurance
National Life

गार्डियन माइक्रोलाइफको आइपीओ बाँडफाँड

Hyundai
NCELL
NIMB

काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओ बाँडफाँड आज माघ (६ गते) सम्पन्न भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलले गोलाप्रथामार्फत सेयर बाँडफाँड गरेको हो।

आइपीओमा कुल १८ लाख ३० हजार ८ सय ७५ जनाले आवेदन दिएका थिए भने तीमध्ये ८ हजार ४५२ जनाको आवेदन रद्द भएको थियो।  १८ लाख २२ हजार ४०५ योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराई १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

कम्पनीले सर्वसाधारणका लागि पुस २१ गतेदेखि २४ गतेसम्म १८ लाख ४५ हजार कित्ता सेयर सार्वजनिक गरेको थियो। नेपाल धितोपत्र बोर्डले यसअघि कम्पनीलाई २२ लाख ५० हजार कित्ता सेयर निष्कासनको अनुमति दिएको थियो।

आइपीओमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २५ हजार कित्ता, सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५ सय कित्ता, र कर्मचारीलाई ६७ हजार ५ सय कित्ता छुट्याइएको थियो। बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो।

GBIME

प्रतिक्रिया दिनुहोस्