Skip to content
Shikhar Insurance
National Life

बीमा प्राधिकरणले रोक्यो गार्डियन माइक्रो लाइफकाे विशेष साधारणसभा

Hyundai
NCELL
NIMB

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा स्थगित गरेको छ।

वार्षिक साधारणसभा सकिएको केही दिन नबित्दै गार्डियन माइक्रो लाइफले विशेष साधारणसभा डाकेको थियो । सभाबाट हाल कायम चुक्तापुँजीको १:१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने अजेन्डा पारित गर्ने योजनामा कम्पनी रहेको थियो ।

कम्पनीले हकप्रद सेयर जारी गर्न लागेको र त्यसका लागि विशेष साधारणसभा डाकिएको विषयमा चैत २८ गते बीमा प्राधिकरणले ३ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पठाउन कम्पनीलाई निर्देशन दिएको थियो।

कम्पनीबाट चित्तोबुझ्दो जबाफ नपाएपछि बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफलाई वैशाख २ गते विशेष साधारणसभा स्थगित गर्न निर्देशन दिएको थियो। सोही निर्देशनबमोजिम कम्पनी सञ्चालक समितिको आज (वैशाख ३ गते) बसेको बैठकले विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।

कम्पनीले विशेष साधारणसभा वैशाख ५ गते डाकेको थियो। यसका लागि कम्पनीले गत चैत २८ गते बुक क्लोज गरेको थियो।

GBIME

प्रतिक्रिया दिनुहोस्