काठमाडौं । सरकारले बिरेठाँटी–मुक्तिनाथ केबलकार निर्माणमा सहयोग गर्ने भएको छ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले संघीय संसदको संयुक्त सदनमा पेश गरेको आगामी आवको बजेट बक्तव्यमा बिरेठाँटी–मुक्तिनाथ केबलकार निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भनिएको हो ।
केबलकार कम्तीमा पनि दैनिक १० हजार जना आवतजावत गर्ने क्षमताको रहने केबलकारको लागत भने ५५ अर्ब रुपैयाँ हुने बताईएको छ ।
मुक्तिनाथ केबलकार प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले इपिसिएफ मोडेलबाट बन्न लागेको केबलकार नेपालकै पहिलो ठूलो परियोजना र त्यसको लम्बाई ८० किलोमिटर हुने बताउने गरेका छन् ।
सो केबलकार निर्माणका लागि भारतको के एण्ड आर इन्जिनियरिङले ४४ अबत्र्र रुपैयाँ लगानी गर्ने समझदारी भैसकेको सुवेदीले बताउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्