Skip to content
Shikhar Insurance
National Life

सांसद साहको आरोप: सरकारले कर आतंक सिर्जना गरी अर्थतन्त्र ड्यामेज गर्‍यो

Hyundai
NCELL
NIMB

काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले सरकारले कर आतंक फैलाएर अर्थतन्त्र तहसनहस बनाएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद शाहले यस्तो आरोप लगाएका हुन् ।

उत्पादन लागत वृद्धि, व्यापार मन्दी र उद्योग क्षेत्रको चौपट अवस्थाको मुख्य कारण कर आतंक भएको उनको भनाइ छ । सांसद शाहले सरकारले बजेटमार्फत घरेलु पुँजीको संरक्षण गर्नुपर्नेमा उल्टै पुँजी पलायनलाई सहयोग पुग्ने नीति अवलम्वन गरेको समेत आरोप लगाए ।

उनले भने, ‘आज हाम्रा उद्योगहरु भएका छन्, व्यवसायहरु चौपट छ, व्यापारहरु लथालिङ्ग छन् । हिजो ५० हजारको व्यापार हुने ठाउँमा आज २५ हजारको पनि कारोबार भइरहेको छैन । यो सबैको एउटै कारण छ कर आतंक । सरकारै पिच्छे कर आतंक छ । जसको कारण उत्पदान महंगो भयो र हाम्रो अर्थतन्त्र ड्यामेज भयो । नेपालका पूँजीहरुको जगेर्ना गर्नुपथ्र्यो । सरकराले उद्योगीहरुलाई बचाउनुपथ्र्यो । तर नेपालका पूँजी विदेशमा लैजाने र पूँजी पलायनलाई सहायता गर्ने बजेट ल्याएका छौँ । यसले हाम्रो अर्थतन्त्र कहाँ पुग्छ ?’

उनले सरकार र भ्रष्टाचार पर्यावाचीजस्तो बनेको समेत टिप्पणी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई छलिरहेको बताउँदै उनकै मातहत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजन विधेयकमाथि छलफल भइरहँदा अनुपस्थित हुनु निन्दनीय रहेको भन्दै आपत्ति जनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Recent MORE