काठमाडौं । राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सम्पति विवरण सार्वजनिक गरेका छन् । गभर्नर पौडेल र उनकी श्रीमति प्रतिभा पौडेलको नाममा रहेको कुल सम्पति सार्वजनिक गरेका हुन् ।
गभर्नर पौडेलसँग ४५ तोला सुन रहेको छ । यो सम्पति पैतृक र १५ लाख रुपैयाँमा खरिद गरेको उल्लेख छ । चितवन रत्न नगर नगरपालिकामा जन्मिएका गभर्नर पौडेलले पैतृक सम्पतिबाट नै ललितपुरको भैसेपार्टीमा घर बनाएका छन् । उनकी श्रीमति शर्माको नाममा ललितपुर, नवलपरासीमा जग्गाहरु खरिद गरेका छन् ।
गभर्नर पौडेलले सबैभन्दा धेरै लगानी प्रोमोटर सेयरमा गरेका छन् । उनले सानिमा बैंक लिमिटेडमा २ लाख ४४ हजार १७६ कित्ता सेयर खरिद गरेका छन् । सानीमा माई हाइड्रो पावरमा ९२ हजार ५७९ कित्ता सेयर लगानी गरेका छन् । सानिमा मिडिल तमोर हाइड्रो पावरमा १ लाख ८८ हजार कित्ता सेयर लागनी गरेका छन् । ग्लोबेको प्रालीमा १ लाख ८६ हजार ८३४ कित्ता सेयर लगानी गरेका छन्
। सयुक्त उर्जा हाइड्रो पावरमा ५ लाख किर्ता सेयर लगानी गरेका छन् । चितवन इनर्जी लिमिटेडमा २ लाख ५० हजार कित्ता सेयर लगानी गरेका छन् । ग्लोबेको प्रालीमा ७५ हजार कित्ता सेयर लगानी गरेका छन् ।
पौडेल र उनको श्रीमतिको नाममा विभिन्न बैंकको खातामा २७ लाख रुपैयाँ बचत रहेको छ ।
यस्तो छ सम्पती विवरण
प्रतिक्रिया दिनुहोस्