Skip to content
Shikhar Insurance
National Life

गभर्नर पौडेलले कर्मचारीहरुलाई भने, ‘क्षमताको कदर गर्छु, कसैलाई काखा र कसैलाई पाखा गर्दिन’

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंक भित्रका कर्मचारीहरुलाई कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताएका छन् । पदभार ग्रहणपछि कर्मचारीहरुलाई संवोधन गर्दै गभर्नर पौडेलले क्षमतावान कर्मचारीहरु सबैको उपयोग गर्ने बताएका हुन् ।

सरकारले आफूले ठूलो जिम्मेवारी दिएर पठाएको भन्दै उनले राष्ट्र बैंक एक ढिक्का बनेर अघि बढ्ने बताए । सर्वोच्च अदालतका प्रधानन्यायधिस प्रकाशमानसिंह राउतबाट पद तथा गोपनियताको शपथ लिएर उनी सिंहदरबार स्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भेट्न पुगेका थिए ।

अर्थमन्त्रीबाट बधाई तथा शुभकामना ग्रहण गरेर उनी राष्ट्र बैंक पुगेका थिए । राष्ट्र बैंकमा कर्मचारीहरुले स्वागत गरेपछि उनी कार्यकक्षमा पुगि उनले पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण गर्दै उनले नियमन भन्दा पनि सुपरिवेक्षणमा ध्यान दिने बताएका छन् । उनले आजको भोली कानुन बनाएर सबैलाई कार्यान्वयन गर भन्ने गरी अघि नबढ्ने बताएका छन् ।

पदभार ग्रहण गरेपछि कर्मचारीहरुले सभा हलमा स्वागत गरेका थिए । सो कार्यक्रममा २ डेपुटी गभर्नर र कर्मचारी ट्रेड युनियनका नेताहरुले नवनियुक्त गभर्नरलाई स्वागत गर्दै आफ्ना भनाई राखेका थिए ।

कार्यक्रमको अन्त्यमा बोलेका गभर्नर पौडेलले बैंकका कर्मचारीहरुमा कसैलाई काखा र कसैलाई पाखा नगर्ने स्पष्ट पारेका हुन् । स्वागत कार्यक्रममा डेपुटी गभर्नर निलम ढुङगानाले गभर्नर पौडेलसँग सहकार्य गर्न तयार रहेको बनाइन् । यसैगरी, अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रले पनि नयाँ गभर्नरसँग काम गर्न उत्सुक भएको बताए ।

कर्मचारी युनियनहरुले भने नवनियुक्त गभर्नर पौडेललाई कुनै पनि कर्मचारीहरु कसैलाई काखा र कसैलाई पाखा भयो भने काम गर्न अप्ठ्यारो हुने चेतावनी दिएका छन् । विषेशगरी नेकपा एमाले र नेकपा माओवादी निकट कर्मचारी युनियनहरुले कर्मचारीहरुलाई समान नजरले हेर्न आग्रह गरेका हुन् ।

कर्मचारीहरुबिच भेदभाव भएन भने राष्ट्र बैंकमा राम्रो कर्मचारीहरु रहेको भन्दै काम गर्न सघाउने बताए । नेपाली काँग्रेस निकट युनियनले भने गभर्नर र राष्ट्र बैंकलाई सफल बनाउन तयार रहेको बताएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्